नेपालमा थपिए आज ५२५ कोरोना संक्रमित

काठमाडौं  : नेपालमा बिहीबार थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हिजोकोभन्दा बढी हो । हिजो नेपालमा ४ सय ८४ जनामा कोरोना देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

याे पनि पढ्नुस  ‘र्‍यापिड टेस्ट’ गर्ने टोली बाग्लुङ, कैलाली र कञ्चनपुरमा

अहिले देशभर ८ हजार २८ जना संक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन् ।

योसँगै कुल डिस्चार्ज हुनेको संख्या भने १६ हजार ८ सय ३७ पुगेको छ । हाल देशभर क्वारेन्टाइनमा १४ हजार ७ सय ६९ जना रहेका छन् । आज ९ हजार बढीको पीसीआर गरिएको छ ।

कमेन्ट गर्नुहोस्