यूएईमा २ नेपालीको हत्या

यूएई : यूएईको शारजाहमा २ नेपालीको हत्या भएको छ । २ समूहबीच झगडा भएपछि उनीहरूको हत्या भएको हुनसक्ने यूएई प्रहरीले जनाएको छ ।

झगडाले उग्ररुप लिएपछि उनीहरूलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको यूएईबाट प्रकाशित हुने गल्फ न्यूजले जनाएको छ ।

याे पनि पढ्नुस  कोरोना संक्रमणले विदेशमा यो साता १३ नेपालीको मृ्त्यु

मृतकहरुको अनुहार, घाँटी, छाती तथा पेटमा निलडाम रहेको प्रहरीले जनाएको छ । यूएई प्रहरीले हत्या गरिएका नेपाली नागरिक को हुन् भन्नेबारे अहिलेसम्म पहिचान नखुलाए पनि उनीहरुको सांकेतिक नाम जेके २६ र एमआर ३७ रहेको जनाएको छ ।

शव अहिले पोस्टमाटमको लागि हस्पिटल लागिएको लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्