कोरोना संक्रमित बढेपछि धादिङमा १ साता निषेधाज्ञा

धादिङ : कोरोना संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यलय धादिङले १ साताका लागि जिल्ला सदरमुकाम धादिङबेसीमा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा जिल्लाका सरोकारवालासहित बसेको संकट व्यवस्थापन समितिको बैठकले बुधबार राती १२ बजेदेखि लागू हुनेगरी भाद्र ३ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

याे पनि पढ्नुस  नुहाउन गएका २ युवा बेपत्ता, स्थानीयले जलाए स्काभेटर

जिल्ला सदरमुकाम भित्रिने मुख्य नाका कालुपाण्डे राजमार्गको दायाँबायाँ क्षेत्र तथा नीलकण्ठ नगरपालिकाको २, ३, ४, ७, ८, १२ र १४ नम्बर वडामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यलय धादिङले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  त्रिशूली बस दुर्घटनाः ज्यान गुमाउनेको संख्या ८ पुग्यो

पछिल्लो २ साताअघिदेखि धादिङवेशी आसपासका स्थानीयलाई पनि कोरोनाको संक्रमण देखिएको थियो ।

होटल व्यवसायी, सवारी चालक, रेडक्रसमा काम गर्ने स्थानीय व्यक्ति, जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी अधिकृत पनि संक्रमित भएपछि समुदायमा फैलिन सक्ने जोखिमका कारण एक साताको लागि निषेधाज्ञा जारी गरिएको प्रजिअ तामाङले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्