ओली-प्रचण्डबीचको छलफल सकियो, के भयो सहमति ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको छलफल केही बेरअघि सकिएको छ ।

पार्टीभित्र देखिएको विवाद समाधान गर्न बसेको छलफल सकारात्मक दिशातिर अघि बढेको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले बुधबार एक टेलिभिजन संवादमा नेकपाको विवाद मिल्ने घोषणासहित ५ दिनको डेटलाइन तोकेका थिए । प्रधानमन्त्री ओलीले ५ दिनको डेटलाइन तोकेको भोलिपल्ट अध्यक्ष प्रचण्ड उनलाई भेट्न बालुवाटार पुगेका थिए ।

गत मंगलबार लगानी बोर्डको सिइओ नियुक्तिको बिषयलाई लिएर ओली-प्रचण्ड चर्काचर्की भएको थियो। त्यही विवादपछि भेटवार्ता हुन सकिरहेको थिएन ।

याे पनि पढ्नुस  नेकपाभित्रको बहसः कम्युनिष्ट र गैरकम्युनिष्ट प्रवृतिबीचकाे संघर्ष

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मासहितका नेताहरु दुई अध्यक्षबीच कुरा मिलाउन जुटेका थिए। ओलीले बुधबार आफू पार्टी फुटाउने होइन, जुटाउने लाइनमा रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीबाट सरकार र पार्टीको नेतृत्व नचलेको भन्दै अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ लगायतका नेताहरुले स्थायी कमिटीमा राजीनामा मागेपछि विवाद चर्किएको थियो ।

बुधबार मात्रै एक टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पाँच दिनभित्र पार्टी विवाद हल हुने दाबी गरेका थिए । त्यसअर्थमा बिहीबारको दुई अध्यक्षबीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको थियो ।

याे पनि पढ्नुस  पेरिसडाँडामा आगामी रणनीति तय गर्दै प्रचण्ड–नेपाल

भेटका पछिल्लो समय पार्टीमा देखिएको विवादबारे छलफल भएको बताइएको छ । बैठक सकरात्मक भएको बताइए पनि के सहमति भयो भन्ने खुलाइएको छैन ।

अहिलेको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेर चैतमा महाधिवेशन गर्ने गरी समाधानको प्रयास गरिएको बताइएको छ ।

ओली र प्रचण्डबीच यसअघि साउन २० गते बालुवाटारमा छलफल भएको थियो । त्यसयता दुई अध्यक्षबीच भेटवार्ता हुन सकेको थिएन । स्रोतका अनुसार दोस्रो तहका नेताहरुको लबिङपछि दुई अध्यक्षबीच बिहीबारको भेटवार्ता तय भएको थियो ।

छलफलमा दुई अध्यक्षसँगै महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।

याे पनि पढ्नुस  प्रचण्ड र माधव नेपालद्वारा ओलीको कडा आलोचना, एकताको नाममा सिद्धान्तसँग सम्झौता गर्न नसकिने भनाई

१४ असार मदनजयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले आफूलाई हटाउन भारत र पार्टी नेताहरूले षड्यन्त्र गरिरहेको अभिव्यक्ति दिएपछि १६ असारमा बसेको स्थायी कमिटी बैठकमा उनको राजीनामा नै मुख्य एजेन्डा बनेको थियो ।

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधव नेपाल तथा उपाध्यक्ष वामदेव गौतमलगायत नेताले राजीनामा मागेपछि नेकपामा विवाद सिर्जना भएको छ । त्यसपछि ओली-प्रचण्डबीच छलफल हुँदै आए पनि निष्कर्ष निस्किएको छैन ।

कमेन्ट गर्नुहोस्