झुठा कथनहरू

निर्दाेष एनपी

भनिन्छ ,

जसले मह काढ्छ उसले हात चाट्छ ।

खै ! कहाँ छ बताउ ?

मूर्तिकारले आफैँ बनाएको मूर्ति

मन्दिर पुगेपछि पुज्न पाएको ?

 

भनिन्छ ,

सेवा गर्नेलाई मेवा मिल्छ ।

के लुहार, सार्की, दमाईले

यो समाजको सेवा गरेका होइनन् ?

के तिनको शिरमा रहेको

अछुतको ताज नै

याे पनि पढ्नुस  म सडक बालक

‘मेटाफर’ हो मेवाको ?

 

भनिन्छ ,

हुने बिरुवाको चिल्लो पात ।

कालिदास , न त चिल्ला थिए , न त सर्वप्रिय ,

ओइली झरेको सुक पातमा हरियो रंग पोतेर

ज्ञानको पालुवा पलाएका थिए उनले ,

भन ! कसरी सत्य हुनसक्छ यो कथन ?

 

भनिन्छ ,

घाँटी हेरी हाड निल्नु ।

हेर ! निल्नै न सकिने ठुला हाडहरू

याे पनि पढ्नुस  नृत्य (कविता)

निलेर पचाएका उँचो घाँटीका

मान्छेहरू पनि त छन हाम्रै अगाडि,

भन ! यो कथन अपवाद हो

कि ती मान्छे अपवाद हुन्?

 

भनिन्छ ,

अरिङ्गालको गोलामा हात नहाल्नु ।

के राणा अरिङ्गाल थिएनन् ?

के आजको प्रजातन्त्र जनताले कतै बाटोमा भेटेको बस्तु जस्तै हो ?

याे पनि पढ्नुस  मृत्यु सेवन गरिरहेछु (कविता)

यी कथनहरूका पछाडि दौडिएर नै

आजको समाज कुरुप भएको हो ,

देश थकित भएको हो ।

 

भनिन्छ ,

जस्तो बाबु उस्तै छोरा ।

के गोर्खालीको बीरगाथा हाम्रो इतिहास थिएन ?

खै ! कहाँ हराए आज ती बहादुरीका किस्साहरू ?

खै ! कसरी बेच्न सक्यो छोराले आफ्नै बाबुको स्वाभिमान ?

कमेन्ट गर्नुहोस्