सुशान्तकी राजपुतकी प्रेमिकालाई बलात्कार र हत्याको धम्की

एजेन्सी : भारतीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि उनकी प्रेमिका रिया चक्रवर्तीले विभिन्न प्रकारको गाली र धम्की पाइरहेकी छिन् ।

रियाले एउटा यस्तो मेसेजको स्क्रिनसट सोसल मिडियामा पोस्ट गरेकी छिन् जसमा उनलाई बलात्कार र हत्या गरिदिने धम्की दिइएको छ ।

मलाई हत्यारा भनियो तर पनि म चुप बसेँ :

याे पनि पढ्नुस  बहिनी बलात्कार आरोपमा दाजु पक्राउ

रियाले स्क्रिनसट सेयर गर्दै लेखेकी छिन्, ‘मलाई गोल्ड डिगर (पैसाका लागि कसैलाई पनि फसाउने) भनियो… म चुप बसेँ । मलाई हत्यारा भनियो… म चुप बसेँ… मेरो चरित्रमाथि औंला उठाइयो तर पनि म चुप बसेँ । तर म चुप बस्दा तिमीले मलाई मैले आत्महत्या नगरेको खण्डमा मेरो बलात्कार र हत्या गराइदिने भन्ने अधिकार तिमीलाई कसले दियो ? तिमीले जे भनिरहेकी छौं, त्यसको गम्भीरताबारे अलिकति पनि महसुस भएको छ रु यो अपराध हो र काूननी रुपमा कसैलाई पनि यसरी प्रताडित गरिनु हुँदैन ।’

कमेन्ट गर्नुहोस्