सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौंः बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ९१ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन ९ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढिरहेको छ । जसको असर नेपालमा पनि देखिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

याे पनि पढ्नुस  ७ किलो चाँदीसहित एक जना पक्राउ

आज चाँदीको मूल्य पनि बढेर ९ सय ८० प्रतितोला पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढी हो ।

कमेन्ट गर्नुहोस्