सुनको मूल्य २०११ यताकै उच्च

एजेन्सीः न्यूयोक–वाल स्ट्रिटमा यो अनौठो समय भएको छ । सम्भावित आर्थिक सुधारको आशाबीच धितोपत्र बजार उकालो लागिरहेको छ ।

लगानीकर्ताहरु अझै पनि अमेरिकामा कोभिड–१९ फैलन सक्नेप्रति नर्भसको अवस्थामा छन् । यसैबीच सुनको मूल्य २०११ को सेप्टेम्बरदेखिकै उच्च विन्दुमा पुगेको छ ।

याे पनि पढ्नुस  शुक्रबारदेखि अष्ट्रेलिया प्रवेशमा प्रतिबन्ध

यो १९०० भन्दा बढीमा पुग्ने देखिएको छ । २०२० को हालसम्मको अवस्थामा सुनको मूल्य झन्डै १९ प्रतिशतले वृद्धि भएको छ ।

२००८ मा लेहम्यान ब्रदर्स टाट पल्टिएपछिको अवस्थामा केही कमी आएपछि सुनको मूल्यमा केही वृद्धि भएको थियो । त्यसपछि सुनको मूल्य २०११ मा सबै समयको उच्च भएको थियो ।

याे पनि पढ्नुस  आज ५३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार नाघ्यो

स्ट्यान्डर्ड एन्ड पुअरले अमेरिकाको क्रेडिट रेटिङ घटाएपछिको अवस्थामा सुनको मूल्य बढेको हो ।

कमेन्ट गर्नुहोस्