फेरि बढ्यो सुनको मूल्य

काठमाडौंः सुनको मूल्य फेरि बढेको छ । बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको हो ।

आज छापवाला सुनको मूल्य तोलाको ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । यसअघि मंगलबार छापवाला सुन तोलामा ९० हजार ९ सयमा कारोबार भएको थियो ।

याे पनि पढ्नुस  ह्वात्तै घट्यो सुनको मूल्य

त्यस्तै आज तेजावी सुन प्रति तोला ९१ हजार ६० मा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ९ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य महंगो भएकाले नेपालमा पनि बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ ९ डलरले बढेर १७ सय ९५ डलर पुगेको छ ।

याे पनि पढ्नुस  मंसिर नजिकिएसँगै ह्वात्तै बढ्यो सुनको मूल्य

गएको असार १७ गते सुनको भाउले नयाँ रेकड कायम गर्दै अहिलेसम्मकै धेरै तोलाको ९१ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

कमेन्ट गर्नुहोस्