फेरि बढ्यो सुनको मूल्य

काठमाडौः सुनको मूल्य मंगलबार फेरि बढेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार छापावाल सुन ९० हजार २ सयमा कारोबार भएकोमा मंगलबार ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्यमा पनि सात सय रुपैयाँले बढेर ९० हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार तेजाबी सुनको मूल्य ८९ हजार सात सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

याे पनि पढ्नुस  मंसिर नजिकिएसँगै ह्वात्तै बढ्यो सुनको मूल्य

यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेर ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्