सकियो ओली-प्रचण्डको ‘वान टु वान’ छलफल, के भयो कुराकानी ?

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ ।

सोमबार बिहान करिब १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको ओली र प्रचण्डको ‘वान टु वान’ छलफल भर्खंरै सकिएको हो ।

याे पनि पढ्नुस  सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित, को हुन् सापकोटा ?

आजका लागि तय भएको पार्टीको स्थायी समिति बैठक दुई दिनका लागि स्थगित गरेर दुई अध्यक्ष विवाद समाधानको प्रयासमा जुटेका थिए ।

छलफलमा पार्टी विवाद समाधानबारे कुरा भएको छ । तर, निष्कर्ष के निष्कियो भन्ने कुरा खुलिसकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकरात्मक भएको स्रोतको दाबी छ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, आजै अपरेशन गरिदै

नेकपाको स्थायी कमिट बैठकमा गत मंगलबार ओलीले प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि पार्टीमा विवाद सिर्जना भएको छ ।

शुक्रबार र आइतबार पनि ओली-प्रचण्डबीच छलफल भए पनि निष्कर्ष हुन सकेको थिएन ।

पार्टी विवाद उत्कर्षमा पुगेका बेला समाधानका लागि अध्यक्षसँगै दोस्रो तथा तेस्रो तहका नेताहरू पनि संक्रिय छन् ।

कमेन्ट गर्नुहोस्