आँपको प्रलोभन देखाएर बालिकाको बलत्कारपछि हत्या

जनकपुरधामः धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नंं २१ कुर्थाकी ११ वर्षिया वालिका कंचन कुमारी पञ्जियारलाई बलत्कार गरि हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

गत असार १७ गते साढे एक बजे आँपको प्रलोभनमा ललाई फकाई बलत्कार गरेर हत्या गरेको अभियोगमा भारतको उत्तर प्रदेश मलिहावाद जिल्लाका काकोरी ग्राम पञ्चायत वडा नंं ११ घर भएका वर्ष ३२ को दिपु सिंहलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषाले आर्वजनिक गरेको हो ।

याे पनि पढ्नुस  मापसे सेवन गरेर श्रीमतीको हत्या

निज व्यक्ति सोही वडाको चौधरी र मिश्र ईन्डष्ट्रिजमा चार पाँच महिना देखि कार्यरत रहेका थिए । निजले बालिकालाई ललाई फकाई गरि उद्योगको पछाडि पट्टीको कुनामा लगेर बलत्कार गरि मुख थुनेर हत्या गरेर १८ गते विहान ३ बजे शवलाई ब्ल्यांकेटमा बेरेर दुग्धमती नदिको पश्चिम डिलको सिकडको छाडीमा लुकाएका थिए ।

याे पनि पढ्नुस  गायिका आस्था राउत पक्राउ !

धनुषाका प्रहरी उपरीक्षक रमेश वस्नेतले प्रहरीको विशेष अनुसन्धान टोलीले गाडेको अवस्थामा फेला परेको ब्ल्यांकेटसहितको प्रमाणको आधारमा अनुसन्धान गर्दा निज अभियुक्तलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले सार्वजनिक गरेका अभियुक्तले पत्रकार समक्ष आफूवाट गल्ति भएको स्वीकार गरेका थिए ।

कमेन्ट गर्नुहोस्