आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौंः आज र भोलि दुई दिन देशभरका पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

आज खान छुटेका बालबालिकालाई भोलि खुवाउन स्वास्थ्य सेवा विभागको पोषण शाखाले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ । आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सकिने छ ।

याे पनि पढ्नुस  स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठको सरुवा

सरकारले प्रत्येक वर्ष बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम देशव्यापी रुपमा सञ्चालन गर्दै आएको छ ।

छ महिनादेखि पाँच वर्ष मुनीका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५३ सालबाट भिटामिन ए कार्यक्रम सन्चालन गर्दै आएको छ । बालभिटा भने २०६६ देखि खुवाउन थालिएको हो ।

कमेन्ट गर्नुहोस्