काठमाडौं उपत्यका कोरोनाको हटस्पट हुने खतरा

काठमाडौंः काठमाडौं उपत्यका कोरोनाको हटस्पट हुने खतरा बढ्दै भएको छ ।

पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ र दैनिक संक्रमितहरू थपिँदैछन् । कतै नगएका व्यक्तिमा समेत संक्रमण बढ्न थालेकाले स्वास्थ्य सतर्कता नअपनाए ‘ठूलो जोखिमको सामना गर्नुपर्ने’ चेतावनी विज्ञहरूले दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले आइतबार मात्रै काठमाडौं उपत्यकामा ३० जना संक्रमित थपिएको जानकारी दिएको छ । योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १८४ पुगिसकेको छ । संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेको छ ।

यो पनि पढ्नुस्ः काठमाडौं उपत्यकामा संक्रमितको संख्या १८४ पुग्यो, कहाँ छन् संक्रमित ? 

लकडाउन खुकुलो भएसँगै उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढेको छ । लकडाउन खुकुलो भए पनि सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न योजना बनाउन सकेको छैन ।

याे पनि पढ्नुस  को हुन् आइतबार साँझ थपिएका ३ संक्रमित ?

जसका कारण उपत्यकावासीमा त्रास फेलिएको छ । राजधानीको ढलमा समेत कोरोना भाइरस भेटिइसकेको छ । जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले ढलमा कोरोना भाइरस देखिनु भनेको संक्रमण भित्रभित्रै सल्केको अवस्था भएको बताए । उनले स्वास्थ्य सतर्कता नअपनाए ‘ठूलो जोखिमको सामना गर्नुपर्ने’ चेतावनी दिएका छन् ।

‘विदेशवाट आउनेप्रति सरकारले देखाएको उदासीनताले गर्दा राजधानीमा संक्रमण बढिरहेको छ,’ उनले भने, ‘कोरोनाको हटस्पट अमेरिकाबाट आएकाहरू कहाँ छन् ? उनीहरूको स्वास्थ्य अवस्था, क्वारेन्टाइनको नियमलाई पालना गरे वा गरेनन् सरकारलाई केही थाहा छ ?’

याे पनि पढ्नुस  हलिउड निर्देशक हार्बेलाई कोरोनाको संक्रमण

तर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने काठमाडौंमा देखिएको कोरोना आयातीत भएकाले डराउनुपर्ने अवस्था नरहेको प्रस्ट पारेको छ । रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौंमा कोरोना सङ्क्रमण समुदाय स्तरमा नफैलिएको दाबी गरे ।

राजधानीका करिब ३० जनाभन्दा बढी कतै नगएका व्यक्तिमा कोरोना भाइरस देखिएपछि सरकारले स्थानीय संक्रमण भएरनभएको यकिन गर्न शनिबारदेखि नमुना संकलन सुरु गरेको छ ।

राजधानीमा बसोबास गर्ने अधिकांश मानिसहरुमा उपत्यकामा बाहिरबाट आएका मानिसमा मात्रै कोरोनाको संक्रमण छ र आफू सुरक्षित छौं भन्ने भ्रम छ । त्यसले गर्दा पनि यहाँ छिटो संक्रमण फैलिनसक्ने जोखिम छ ।

याे पनि पढ्नुस  स्याङ्जाका सङ्क्रमित बाबु–छोरालाई पोखरा लगियो

धेरैको परीक्षण भएको छ । उपत्यकाबाहिरबाट भित्रने क्रम रोकिएको छैन । लकडाउन खुकुलो भएपछि सामाजिक दुरी पालना भएको छैन ।

शुरूमा केही व्यक्तिमा कोरोना संक्रमण देखिए पनिपछि काठमाडौं संक्रमणमुक्त भएको थियो । त्यसपछि लकडाउन खुकुलो बनाइँदा संक्रमण फेरि बढेको हो । त्यसैले काठमाडौं उपत्यकालाई संक्रमणबाट जोगाउन सकर्तमा अपनाउन जरुरी रहेको स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् ।

कमेन्ट गर्नुहोस्