कांग्रेस सरकारमा जान तयार भएको हो ? यस्तो भन्छन् गगन थापा

काठमाडौंः सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा छ । पार्टीभित्रैबाट प्रधानमन्त्री र नेकपाको अध्यक्षबाट राजीनामा माग भपछि केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतासँगको भेटघाटलाई तीव्रता दिइरहेका छन् ।

केहीदिन अघि आफैंले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका ओलीले आइतबार नेकपा नेता सुबास नेम्बाङलाई ‘विषेश दूत’बनाएर देउवा निवास पठाए । नेकपामा सत्ताका लागि सत्ता संघर्ष चलिरहँदा कतिपयले कांग्रेससँग ओलीले गरिरहेका पछिल्ला भेटघाटलाई सत्तासँग जोडेर हेरिरहेका छन् ।

याे पनि पढ्नुस  प्रचण्डले दिए प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपणको शुभकामना

तर, युवा नेता गगन थापाले भने कांग्रेस सत्तामा नजाने स्पष्ट पारेका छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन्, ‘जनताले ५ बर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सवल प्रतिपक्षीय भुमिकामा रहने म्याण्डेट दिएका हुन् । यसमा हामी स्पष्ट छौं ।’

थापाले कांग्रेससँगको सामिप्यता देखाएर नेकपाभित्रको गुटको विवादमा एक अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अबमुल्यन भएको बताएका छन् ।

याे पनि पढ्नुस  सुनिल थापासहितका ३० नेता मङ्गलबार कांग्रेस प्रवेश गर्दै

नेकपामा विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग भेटघाट तीव्र बनाएका बेला नेता भीम रावलले पनि विपक्षी दलसँग साँठगाँठ नगर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका छन् ।

कमेन्ट गर्नुहोस्