विपक्षी दलसँग साँठगाँठ नगर्न प्रधानमन्त्रीलाई भीम रावलको चेतावनी

काठमाडौंः नेकपा नेता भीम रावलले विपक्षी दलसँग साँठगाँठ नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । सार्थ उनले नेकपाको सिद्धान्त, नीति, विधान, संगठन र सदस्यहरूमाथि विश्वास र भरोसा गर्न आग्रह गरेका छन् ।

नेकपामा विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग भेटघाट तीव्र बनाएका बेला रावलले सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन्, ‘विपक्षी दलका नेताहरूसंग सांठगाँठ गरी कम्युनिष्ट पार्टीको भविष्य अन्धकारतर्फ धकेल्ने कुकर्म कतै नहोस् ।’

याे पनि पढ्नुस  नेकपा विवादः बैशाख २४ गते सचिवालय र २५ गते स्थायी कमिटी बैठक बस्ने

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेकपा स्थायी कमिटी सदस्य रावलले राजनीतिलाई सत्ताको फोहरी खेल तुल्याउने विगतका विकृति फेरी शुरू गरी जनता र पार्टीलाई धोका दिने काम नगर्न पनि प्रधानमन्त्री ओलीलाई सचेत गराएका छन् ।

कमेन्ट गर्नुहोस्