आत्महत्या अघि सुशान्तले के सर्च गरे ? सार्वजनिक भयो फरेन्सिक रिपोर्ट

एजेन्सीः बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको विषयमा प्रहरी अनुसन्धानमा जुटेको छ । भारतीय सञ्चार माध्यमले पनि लगातार उनको आत्महत्या पछिको खबर फलोअप गरिरहेका छन् ।

हालै उनको मोबाइलको प्राथमिक फोरेन्सिक रिपोर्ट सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यम जीन्यूज इन्डियाका अनुसार सुशान्तले १४ जूनमा आत्महत्या गर्नुअघि करिब सवा १० बजे आफ्नो मोबाइलको गुगल सर्च इन्जिनमा आफ्नै नाम सर्च गरेका थिए ।

याे पनि पढ्नुस  नेपाल–भारत सिमानामा सईले गोली हानेर गरे आत्महत्या

उनले मोबाइलको सर्च हिस्ट्रिमा ‘सुशान्त सिंह राजपूत’ नाम सर्च गरेका थिए । त्यसपछि खुलेका केही न्यूज पोर्टल पनि खोलेर हेरेका थिए ।

स्रोतले दाबी गरे अनुसार सुशान्त सिंह राजपूतसँग नजिक भएकाहरुले प्रहरीलाई दिएको बयानमा सुशान्त पछिल्लो केही समयदेखि मानसिक समस्यासँग गुज्रिरहेको र उनलाई थुप्रै पटक कसैले जानीजानी उनको इमेज खराब गर्ने कोसिस गरिरहेको जस्तो लाग्छ ।

याे पनि पढ्नुस  चर्चित गायक एल्विस प्रेस्लेका नातीले गोली हानेर गरे आत्महत्या

पत्रिका, वेबसाइट, सोसल मिडियामा उनीबारे छापिएको खबरको विषयमा उनी धेरैजसो आफ्नो टिमसँग छलफल गर्थे । उनलाई सायद यस्तो लाग्थ्यो कि कसैले उनलाई बदनाम गर्नका लागि षड्यन्त्र रचिरहेको छ ।

कमेन्ट गर्नुहोस्