सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कोरोना भाइरस (कोभिड-१९) र लकडाउनका कारण दैनिक सुनको निरन्तर बढिरहेको छ ।

आइतबार फेरि छापावाल सुनको मूल्यमा प्रति तोला ७ सय रुपैयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

याे पनि पढ्नुस  भारतमा एक सातामा थपिए २० हजार नयाँ संक्रमित

योसँगै छापावाल सुनको मूल्य ९१ हजार ३ सय पुगेको छ । यो अहिलेसम्म सुनको मूल्य सबैभन्दा महंगो हो । शुक्रबार सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य अब ९० हजार ८ सय ६० पुगेको छ । त्यस्तै चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ । आइतबार चाँदी शुक्रबारकै भाउ ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनााएको छ ।

कमेन्ट गर्नुहोस्