अभिनेत्री सोनाक्षी सिन्हाले किन गरिन् ट्विटर बन्द ?

एजेन्सीः बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर अकाउन्ट बन्द गरेकी छन् । उनले नकारात्मकताबाट टाढा रहन र आफ्नो मानसिक स्वास्थ्यलाई जोगाउन ट्वीटर अकाउन्ट बन्द गरेकी हुन् ।

सोनाक्षीले ट्विटर बन्द गरेको जानकारी आफ्नो इन्स्टाग्राममा दिएकी छन् । उनले आफ्नो ट्वीटर पोस्टको स्क्रिनशट उनको इन्स्टाग्राम पोस्टमा पोस्ट गरेकी छन्, जहाँ लेखिएको छ, ‘मेरो मानसिक स्वास्थ्य बचाउन र नकारात्मकताबाट टाढा रहनको लागि पहिलो कदम चाल्दै । म मेरो ट्विटर खाता सक्रिय गर्दैछु ।’

याे पनि पढ्नुस  फेरि ट्रोलको सिकार बनिन् सोनाक्षी

यसका साथ उनले आफ्नो इन्स्टाग्राम खातामा कमेन्ट गर्न नमिल्ने बनाएकी छन् । उनले यो पनि लेखेकी छन्, ‘अग्नि लागे बस्ती में, मैं अफनी मस्ती में। अलविदा ट्विटर ।’

यस हप्ताको सुरूमा फिल्म निर्माता शशांक खेतानले पनि आफ्नो ट्विटर खाता बन्द गरेका थिए । उनले ट्विटरलाई घृणा र नकारात्मकता फैलाउने भूमि भनेर टिप्पणी गरेका थिए ।

याे पनि पढ्नुस  सामाजिक सञ्जाल ट्वीटरले रोक्यो राजनीतिक विज्ञापन

हालसालै फिल्म निर्माता करण जौहर सोशल मिडियामा बलिउड अभिनेता सुशांत सिंह राजपूतको मृत्यु पछि ट्रोल भइसकेका थिए ।

कमेन्ट गर्नुहोस्