प्रहरीले लियो सुशान्तकी प्रेमिकाको बयान

मुम्बईः बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणमा प्रहरीले बिहीबारसम्म १० जनाको बयान लिइसकेको छ । सुशान्तका भिनाजु र आफन्तले उनको आत्महत्यामा अरूको हात भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

सो उजुरीको आधार र महाराष्ट्रका गृहमन्त्रीको निर्देशनमा प्रहरीले सुशान्तसँग नाजिक भएकाहरूको बयान लिएको हो । यसैक्रममा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीसँग पनि मुम्बई प्रहरीले बिहीबार बयान लिएको छ ।

याे पनि पढ्नुस  आत्महत्या दुरुत्साहन आरोपमा प्रेमी जेल चलान

रियाले प्रहरीलाई दिएको बयानका कुरा बाहिर आएको छैन । सबैको बयान सकिएपछि सुशान्तले किन आत्महत्या गरे भनेर प्रतिवेदन सार्वजनिक गरिने मुम्बई प्रहरीले जनाएको छ ।

केही वर्षयता रिया र सुशान्त प्रेम सम्बन्धमा थिए । यी जोडी एउटा नयाँ फिल्ममा नायक नायिकाका रूपमा अनुबन्धितसमेत भएका थिए । लकडाउनका कारण फिल्मको छायांकन हुन सकेको थिएन ।

याे पनि पढ्नुस  हिरासतमा आत्महत्या प्रयास, लगत्तै अस्पताल पुर्‍याउदा पनि बचाउन सकिएन

आफू र सुशान्त प्रेम सम्बन्धमा रहेको रियाले यसअघि बताइसकेकी छन् । तर, सुशान्तसँग उनको सम्बन्ध केही समययता घनिष्ट नभएको पनि समाचार आएको थियो ।

सुशान्तले आत्महत्या गरेयता रिया चक्रवर्ती निकै गम्भीर बनेकी छन् । सुशान्तको आत्महत्याबारे रियाले अहिलेसम्म मिडियामा कुनै पनि प्रतिक्रिया दिएकी छैनन् ।

कमेन्ट गर्नुहोस्