होनहार युवाको सपनाको अन्त्य

सुकृत नेपाल
कोरानाको महामारीसँग जुधिरहेकै बेला एकपछि अर्को गरेर नामी कलाकारहरूको मृत्युले बलिउड पूरै स्तब्ध बनेको छ । यतिखेर नायक सुशान्तसिंह राजपुतको मृत्युको खबरले बलिउडलाई अर्को ठूलो झड्का लागेको छ ।

उनको आत्महत्याको खबरले उनका फ्यानलाई मात्र नभएर बलिउड जगतलाई नै चकित तुल्याइदिएको छ भने आत्महत्याका कारण के होला भन्ने विषयले चर्चा पाइरहेकोे छ ।

सुशान्तको करियर बलिउडमा राम्रोसँग बढ्दै गइरहेको थियो । बलिउडमा उनको अभिनय रहेको पहिलो चलचित्र ‘काया पो छे’ हो । यही चलचित्रबाट बलिउडले उनलाई चिन्ने मौका पाएको थियो । यसपछि उनले ‘शुद्ध देशी रोमान्स, पीके, डिटेक्टिभ ब्योमकेस बख्सी’ जस्ता चलचित्रमा अभिनय गरे । यी चलचित्रबाट पनि सुशान्तले राम्रै चर्चा बटुलेका थिए । बलिउडभन्दा पहिले सुशान्त केही समय भारतीय टेलिभिजनमा पनि छाए ।

सुशान्तले अभिनय गरेको चलचित्र ‘एमएस धोनीः अनटोल्ड स्टोरी’ले बक्स अफिसमा धेरै राम्रो व्यापार गरेको थियो । यो चलचित्रपछि सुशान्तको अभिनयको मात्र चर्चा भएन, बलिउडमा उनको माग पनि ह्वात्तै बढेको थियो । यस्तै उनले अभिनय गरेको ‘वेल्कम टु न्यु योर्क, केदारनाथ, सोनचिडिया, छिछोरे’ जस्ता चलचित्रको दर्जा पनि हिटमा गनिन्छिन् ।

उनले बलिउडमा अहिलेसम्म एक दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेका थिए । टेलिभिजनबाट आफ्नो अभिनयको यात्रा सुरु गरेका सुशान्त बलिउडका चर्चित नायक बन्न सफल भइसकेका थिए ।

याे पनि पढ्नुस  अक्षय कुमारको नाममा बनेका तीन कीर्तिमान, जो आजसम्म कसैले तोड्न सकेका छैनन्!

बाहिरबाट चमकदमक देखिए पनि बलिउड स्टारहरूको जीवन भित्रभित्रै निराशा, कुण्ठा, एक्लोपन र भयले गाँजेको हुन्छ भन्ने उदाहरण विगतका थुप्रै घटनाले देखाउँछन् । कोही आफ्नो पेसाले गति समात्न नसकेको चिन्तामा डुब्छन् त कोही उचाइमा पुगेको आफ्नो करियर धर्मराउन थालेपछि असन्तुलित हुन्छन् ।

कोही भने ‘रियल’ र ‘रिल’ जीवनबीच सन्तुलन मिलाउन नसकेर लर्खराउन थाल्छन् । हुन त यस्तै असहज स्थिति अरू क्षेत्रमा पनि भोग्नु नपर्ने होइन । तर, अरू क्षेत्रमा मान्छेलाई आफ्नो हिसाबले स्वाभाविक भएर बाँच्ने छुट हुन्छ । बलिउडकर्मीहरूले त्यो छुट पाउँदैनन् । सुशान्तको मृत्युले पनि बलिउडको यही कटु यथार्थ जाहेर गरेको छ ।

हुन त सुशान्तले पनि डिप्रेसनको उपचार गराइरहेका थिए भनी भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । अनि उनकोे मृत्युलाई लिएर थरीथरीका अड्कल पनि गरिएको छ । यो अड्कल उनको मृत्युको कारण खोतल्न सक्षम होला कि नहोला भविष्यले देखाउला । अहिलेचाहिँ उनको असामयिक निधनलाई कठिन सङ्घर्ष गरेर बलिउडमा उपस्थिति जनाएका एक होनहार युवाको ‘सपनाको अन्त्य’ भनेर चिनाइएको छ ।

३४ वर्षीय सुशान्तको जन्म पट्नामा भएको थियो । उनले आफ्नै प्रतिभा र मिहिनेतको दममा सफलताको बाटो खनेका हुन् । सुशान्तको अन्तिम चलचित्र ‘दिल बेचारा’ रिलिज हुन बाँकी छ । जसमा उनले क्यान्सर बिरामीको भूमिका निर्वाह गरेका छन् । सन् २००० को सुरुवातमा उनको परिवार दिल्ली बसाइ सर्यो । उनका चार दिदीबहिनी छन् । तीमध्ये एक मितु राज्यस्तरकी क्रिकेट खेलाडी छिन् ।

याे पनि पढ्नुस  उदितनारायण झाले गाए पहिलो नेपालभाषाको गीत

सुशान्त त्यस्ता कलाकार हुन्, जसले टेलिभिजनबाट अभिनय यात्रा सुरू गरे । बलिउडमा न कसैसँग उनको सम्बन्ध थियो, न उनी कुनै स्थापित निर्देशकको समूहभित्रै पर्थे । ‘ब्याकअप डान्सर’का रूपमा आफ्नो करिअर सुरु गरेका सुशान्तको पहिलो सिरियल बालाजी टेलिफिल्मस्को ‘किस देश मे है मेरा दिल’ हो । त्यसपछि ‘पवित्र रिस्ता’ सिरियलमार्फत उनले बलिउडमा चर्चा बटुलेका थिए । उनी डान्स रियालिटी शो ‘जरा नच के दिखा’ र ‘झलक दिखलाजा’ मा पनि देखिएका थिए ।

यसैगरी, सुशान्तको आत्महत्या प्रकरण बलिउडमा परिवारवादको राजनीति हाबी भएको भन्दै अहिले सामाजिक सञ्जालमा अनेकन बहस पनि सुरू भएको छ । बलिउड अभिनेत्री कङ्गना रनावतले सुशान्तको हत्याको चर्को आलोचना गरेकी छन् । उनले आफ्नो इन्स्टाग्राममार्फत एक भिडियो पोस्ट गर्दै ‘सुशान्तको दुःखद अवसान आत्महत्या हो या योजनाबद्ध रूपमा गरिएको हत्या हो’ भनेर बलिउड जगत्लाई प्रश्न उठाएकी छन् ।

यता, भारतीय पत्रिका टाइम्स अफ इन्डियाका अनुसार, वकिल सुधीरकुमार ओझाले सुशान्तको मृत्युसँग जोडेर बलिउड अभिनेता सलमान खान, करण जोहर, एकता कपुर, सञ्जयलीला भन्साली, आदित्य चोपडा, साजिद नाडियडवाला, भूषण कुमार र निर्देशक दिनेशविरूद्ध फौजदारी मुद्दा दायर गरेका छन् । यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको भनेर मुद्दामा उल्लेख भएको जनाइएको छ । उक्त मुद्दाको सुनुवाइ आगामी जुलाई ३ मा गरिने बताइएको छ ।

याे पनि पढ्नुस  भाइरल भयो सनी लियोनी र छोरीको न्यूड फोटो, देखेपछि तपाई पनि हुनुहुन्छ बेहोश

सुशान्तको मृत्युसँग जोडेर बलिउड नायक रणवीर कपुरकी प्रेमिका आलिया भट्टको इन्स्टाग्राम एकाउन्टमा अनफलो गर्नेको सङ्ख्या ह्वात्तै बढेको छ । आलियाको इन्स्टाग्राममा चार करोड ८९ लाख फलोअर्स थिए । तर, सुशान्तको निधन भएसँगै उनको फलोअर्स अहिले चार करोड ८० लाखमा झरेकोे छ ।

आलियाले सुशान्तलाई अन्तिम श्रद्धाञ्जली दिँदै पोस्ट गरेको एक तस्बिरमा तीन लाख ७३ हजारभन्दा बढी प्रतिक्रिया आएको छ । जहाँ उनलाई अनेकन गाली गर्ने धेरै छन् । अधिकांशले बलिउडमा ‘परिवारवाद’लाई महत्व दिएको भन्दै आलियाको चर्को आलोचना गरेका छन् ।

जीवनको कटु सत्य मृत्यु हो । यो सबैका लागि एकदम दुःखलाग्दो कुरा हो । झन् सङ्घर्षपूर्ण जीवनयापन गरी अगाडि बढ्न खोज्ने सुशान्तजस्ता व्यक्तिको मृत्युले धेरैको मनलाई विह्वल बनाएको छ ।

सुशान्त र हामी सयौँ माइलको दूरीमा बस्छौँ । हाम्रो भेट पनि कहिल्यै भएको छैन । कलाकारितामा पोख्त उनी र कलाका प्रशंसक हामीबीचको यो नाता उनको अवसानपछि अझ गाढा भएको छ । उनलाई यसै बिर्सन हाम्रो मनले कहिल्यै दिँदैन । अलबिदा सुशान्त । गोरखापत्र दैनिक

कमेन्ट गर्नुहोस्