तिम्रो सम्झनाले मेरो मुटु काम्छ आज
दिनभरी काम गरे ज्यान दुख्छ साँझ !!
नेपाली हुनु गर्व गरी खाडी मुलुक गाछु
बालबच्चा खुसी पारी एक सरो लाछु !!
कहिले बन्ने देश अब निराश लाउँछ जैले
देश विकासको सपना नि बुनेको हो मैले !!
कति छाक भोकै बसे बाँच्नु तिमी धेरै
सम्झनाले पिरोल्छ छाति नेपाल आमा मेरै !!
आऊ कोही बनाउने वीर नेपाली जन
दुःख गर्नु पर्दैन त्यहाँ नेपाल आउ भन !!
खुसी हुन्थे सारा परदेशी आफ्नो भूमि मानै
आफ्नो पौरख आफ्नै देशमा ठूलो हुन्थ्यो सानै !!
बनाइदेउ स्वदेशमा नै विकल्पको खोजी
हाम्रो पनि हातेमालो आउँछौ स्वदेश रोजी !!
मुटुभरी पीर भए नि आउन मन लाछ
जति दुःख पाए पनि तिम्रै सम्झना छ !!
मेरो भूमि नेपाल आमा रोइ रहेकी होलिन्
सपनीमा झल्को दिँदै खुसी हुँदै बोलिन् !!
आउ फर्क नेपाल भनी बिलाउना नै गाए
विदेशीको नोकरीले हन्डर ठक्कर खाए !!
मातृभूमि त्याग्ने हैन बनाउनुपर्छ
कालापानी लिपुलेक नेपालमै सर्छ !!
हाते मालो गरि जुट्न हामी फर्कने छौं
नेपाली भूमि मिच्नेसँग हामी चर्कने छौं !!
-सन्जित कडेल ‘संकल्प’, काठमाडौं
यो पनिः केही सोच देशको निम्ति आफ्नो जीवन छँदै