साइप्रसमा नेपालीकै चक्कु प्रहारबाट नेपाली विद्यार्थीको मृत्यु

काठमाडौंः साइप्रसको निकोसियामा १ नेपाली युवकको हत्या भएको छ । मंगलबार राती आपसी विवाद हुँदा २१ वर्षीय सुवास गिरीको हत्या भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार गिरीकै साथी विवेक हुँमागाईले चक्कु प्रहार गरेर हत्या गरेको आरोप लागेको छ ।

घटनाको १५ मिनेटपछि आरोपी हुँमागाईले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

याे पनि पढ्नुस  साईप्रसमा नेपाली विद्यार्थीको हत्या

गिरीको नेपालको ठेगाना खुल्न सकेको छैन । घटनाका विषयमा अनुसन्धान चलिरहेको स्थानीय प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्