अपहरण प्रकरणः सांसद यादवले गरे मानवअधिकार आयोगमा उजुरी

काठमाडौंः जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको ‘अपहरण’ प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ ।

आज ललितपुरस्थित आयोगको कार्यालय पुगेर जसपाका नेताहरुले नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध मानव अधिकार आयोगमा निवेदन दिएका हुन् ।

याे पनि पढ्नुस  सरिता गिरी समाजवादी पार्टीबाट निष्काशित

आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै डा. यादवले उजुरी दिएका हुन् ।

यसअघि प्रहरी र सरकारी वकिलको कार्यालयले उजुरी लिन अस्वीकार गरेका थिए । सरकारी वकिलको कार्यालयमा आज पनि पुनः उजुरी दर्ताको प्रयास गरिने पार्टीका नेताहरुले जनाएका छन्।

राष्ट्रिय मानव अधिकार आयोगबाट निस्केको टोली सरकारी वकिलको कार्यालय जान लागेको महासचिव केशव झाले जानकारी दिएका छन्।

याे पनि पढ्नुस  राजपासँग पार्टी एकता गर्दै बाबुरामले भने, ‘ओलीको विखण्डनकारी षड्यन्त्रलाई दरो झापड’

कमेन्ट गर्नुहोस्