पहिलो ९० दिनमा चिसो मौसम भएका देशमा र १२ दिनयता गर्मी देशमा कोरोनाको गति दोब्बर

काठमाडौंः कोरोना भाइरस चिसो मौसममा मात्रै अस्तित्वमा रहन सक्छ भनेर कतिपय अनुसन्धानले बताएपनि पछिल्लो तथ्यांकले भने यसमा पुनर्विचार गर्नुपर्ने देखाएको छ ।

कतिपय देशले गर्मी शुरु भएसँगै कोरोनाको असर कम हुने भन्दै आएका थिए ।
तर १२ अप्रिलसम्मका तथ्यहरुलाई हेर्ने हो भने कोरोना र तापक्रमका बारेमा अनौठो तथ्य देखिएको छ ।

अप्रिल महिनामा तापक्रम र कोरोना भाइरसका घटना

कोरोना संक्रमण शुरुको नब्बे दिनसम्म चिसो मौसम भएका देशमा निकै फैलिएको थियो भने अप्रिल महिनादेखि भने गर्मी मौसम रहेका देशमा यो दोब्बर बढी गतिले प्रसार भइरहेको छ ।

यसबाट कोरोना चिसोका साथै गर्मी जलवायुमा समेत फैलिने देखिएको छ । अहिले ल्याटिन अमेरिका, अफ्रिका र दक्षिण पूर्वी एशियामा गर्मीको मौसम शुरु भएको छ ।

याे पनि पढ्नुस  ३ सय ६५ संक्रमितले जिते कोरोना, कुन प्रदेशमा कति निको? (सूचीसहित)

यहाँको औसत तापक्रम २० देखि ४० डिग्री सेन्टीग्रड रहेको छ । तर पनि यी देशहरुमा दोब्बर तेब्बर गतिले कोरोना संक्रमण फैलिएको छ ।

भारतः भारतमा एक अप्रिलदेखि १२ तारिखसम्म औसत तापक्रम ३२ डिग्री रहेको छ । यहाँ यो १२ दिनमा मात्रै ७८०० नयाँ संक्रमण देखिएको छ ।

ब्राजिलः ब्राजिलमा औसत तापक्रम २६ डिग्री भएपनि १२ दिनमा १६ हजार भन्दा बढी घटना देखिएका छन् । ब्राजिलमा २३ हजार ७२३ जना सक्रमित भएको छन् भने १३५५ जनाको मृत्यु भएको छ । यस्तै अवस्था ल्याटिन अमेरिकी देश इक्वेडरको पनि रहेको छ । जहाँ दिनमा ३३ डिग्री र राती २३ डिग्री औसत तापमान रहेको छ ।

याे पनि पढ्नुस  सुदूरपश्चिममा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

अफ्रिकाः दक्षिण अफ्रिकामा बसैभन्दा बढी संक्रमण देखिएको छ । यहाँ अप्रिलको दुई हप्ताको तापमान १७ देखि ४५ डिग्रीसम्म मापन गरिएको छ । अरु महादेशको तुलनामा अफ्रिकामा कम घटना देखिएपनि पछिल्लो दिनमा भने यो तीब्र भएको छ । सबैभन्दा बढी मृत्यु अल्जेरियामा भएको छ । नाइजरमा पनि संक्रमण बढेको छ । मिश्रमा ८ दिनपछि कोरोनाको संख्या दोब्बर भएको छ ।

दक्षिण पूर्व र दक्षिण पश्चिम एशियाको कुरा गर्ने हो भने यहाँ अप्रिलको औसत तापक्रम २० देखि ४१ डिग्रीसम्म रहेको छ । जबकि इजरायलको मात्रै उदाहरण लिने हो भने यहाँ ११ ८६८ जना संक्रमित भएका छन् ।

याे पनि पढ्नुस  भारतमा २५ मईदेखि आन्तरिक उडाउन सुचारू हुने

मृत्यु भने इण्डोनेसियामा सबैभन्दा बढी भएको छ । बंगलादेशको तापक्रम पनि २० डिग्री औसत भन्दा माथि छ । तर त्यहाँ पनि अवस्था सामान्य छैन । भारतमा पछिल्लो दिनमा संक्रमण दोब्बर तेब्बर गतिले बढेको छ ।

यसअघि चीनको एउटा विश्वविद्यालयको अनुसन्धानले गर्मी मौसमसँग भाइरसको संक्रमणमा कमी आउने दावी गरेको थियो ।

योसँगै अमेरिका, यूरोप, एशियाका कतिपय देशमा गर्मीसँगै यसको प्रभाव कम हुने अपेक्षा गरिएको थियो । तर विश्व स्वास्थ्य संगठनले भने गर्मीको मौसमले पनि कोरोनालाई पराजित गर्न नसक्ने बताएको छ ।

त्यसैले यो भ्रमबाट मुक्त हुनुपर्ने संगठनले विज्ञप्तीमार्फत भनेको छ । कोरोना कसैलाई पनि हुन सक्छ । दैनिक भाष्करबाट साभार

कमेन्ट गर्नुहोस्