अमेरिकामा रोकिएन कोरोनाः एकैदिन १९ सय ४० को मृत्यु, संक्रमित कति ? (सूचीसहित)

काठमाडौंः अमेरिकामा बुधबार १ हजार ९ सय ४० जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यहाँ मंगलबार कोरोनाका कारण १९ सय ५२ जनाको मृत्यु भएको थियो ।

योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ८८ पुगेको छ ।

त्यहाँ बुधबार करिब ३२ हजार नयाँ संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमितको संख्या ४ लाख ३५ हजार जनिक पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २२ हजार मात्रै निको भएका छन् भने ९ हजार बढीको अवस्था गम्भीर रहेको छ ।

भारतमा बढ्दै कोरोना
भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ७८ पुगेको छ । बुधबार १८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ सय ७८ पुगेको छ ।

याे पनि पढ्नुस  चीन रङ्गे हात पक्राउ पर्‍यो : ट्रम्प

हाल भारतमा कोरोना संक्रमित संख्या ५ हजार ९ सय १९ पुगेको छ । त्यहाँ बुधबार मात्रै ५ सय ६५ जना संक्रमित फेला परेका छन् ।

संक्रमितमध्ये ५ सय ६ जना निको भइसकेका छन् भने अन्यको अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्व कोरोना अपडेट
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ हजार बढीले ज्यान गुमाएका छन् । बुधबारदेखि बिहीबार बिहानसम्मको तथ्याङकअनुसार ६ हजार ३ सय ६९ को मृत्यु भएको छ ।

याे पनि पढ्नुस  भारतमा फैलिँदै कोरोनाः एकैदिन २३ को मृत्यु, ६ सय बढी संक्रमित

मंगलबारको तुलनामा बुधबार मृत्युदर घटेको छ । मंगलबार ७ हजार ३ सय को मृत्यु भएको थियो भने बुधबार ६ हजार ३ सयजनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८८ हजार ४ सय ५ पुगेको छ ।

त्यस्तै, बुधबार ८२ हजार नयाँ संक्रमित फेला परेका छन् । योसँगै संक्रमितको संख्या बढेर १५ लाख १३ हजार पुगेको छ । संक्रमितमध्ये करिब ३ लाख ३० हजार निको भएका छन् भने १० लाख ९५ हजार उपचाररत छन् । उपचाररथमध्ये ४८ हजारको अवस्गा गम्भीर छ ।

याे पनि पढ्नुस  भयावह बन्दै कोरोनाः मृतक संख्या ४७ हजार नाघ्यो, साढे ९ लाख संक्रमित (सूचीसहित)

कोरोनाका कारण कुन देशमा कतिको मृत्यु र संक्रमित ? सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः

सम्बन्धित समाचारः

ट्रम्पलाई डब्लूएचओकाे कडा प्रतिक्रया: महामारीमा राजनीति बन्द गर, के अझै बढी लाश हेर्न मन छ ?

‘नेपालमा कोरोना सङ्क्रमितसँग सम्पर्कमा आएकामा सङ्क्रमणको जोखिम देखिएन’

भारतमा बढ्दै कोरोना, कति पुग्यो मृतक र संक्रमित संख्या ? (सूचीसहित)

कोरोना अपडेटः २४ घण्टामा कहाँ कतिको मृत्यु र संक्रमित ? (सूचीसहित)

कोरोना भाइरसः ८८ हजार बढीको मृत्यु, १५ लाख नाघे संक्रमित (सूचीसहित)

कमेन्ट गर्नुहोस्