इंग्ल्याण्ड विरुद्धको टेष्ट सिरिजका लागि श्रीलंकाद्वारा टोली घोषणा

काठमाडौंः इंग्ल्याण्डसँगको टेष्ट सिरिजमा लागि श्रीलंकाले टोली घोषणा गरेको छ । श्रीलंका क्रिकेट बोर्डले इंग्ल्याण्डसँगको टेष्ट श्रृंखलाका लागि दिमुथ करुणारत्नेको कप्तानीमा आज १५ सदस्यीय टोली घोषणा गरेको हो ।

अनुभवी विकेटकीपर–ब्याट्म्यान कुसल परेरा औँलाको चोटका बाबजुत पनि टोलीमा समेटिएका छन् । वेष्ट इन्डिज विरुद्धको टी–२० सिरिजमा उनको औँलामा चोट लागेको थियाे ।

याे पनि पढ्नुस  भारतलाई तेस्रो झड्का, कप्तान कोहली पनि सस्तैमा आउट

श्रीलंका र इंग्ल्याण्डबीचको २ खेलको टेष्ट सिरिज १९ मार्चदेखि सुरु हुँदैछ । सिरिजका लागि इंग्ल्याण्डको टोली श्रीलंका पुगिसकेको छ ।

टेष्ट सिरिज खेल्ने श्रीलंकनल टिमः दिमुथ करुणारत्ने (कप्तान), ओशादा फर्नान्डो, कुसल मेन्डिस, एन्जेलो म्याथ्यूज, दिनेश चन्डीमल, कुसल परेरा, धनन्जय डिसिल्वा, निरोशन डिकवेला, दिलरुवान परेरा, लसिथ एम्बुल्डेनिया, लाहिरू कुमारा, विश्व फर्नान्डो, कसुथ रजिता र सुरंगा लकमल ।

याे पनि पढ्नुस  टेष्ट क्रिकेटमा वार्नरको अर्को शानदार शतक

कमेन्ट गर्नुहोस्