अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

काठमाडौंः अष्ट्रेलियामा समुद्रमा डुबेर एक नेपाली विद्यार्थीको ज्यान गएको छ ।

क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर पोखरा स्थायी घर भएका निकित श्रेष्ठको ज्यान गएको हो । बुधबार दिउँसो पौडी खेल्ने क्रममा निकेसलाई छालले बगाएको थियो ।

छालमा बगेर बेपत्ता भएपछि उनीसँगै पौडी खेलिरहेका साथीहरूले उद्धारकर्मीलाई सम्पर्क गरेका थिए । उद्धारकर्मीले ५ मिनेटपछि किनारबाट २ सय मिटर पर तैरिरहेको अवस्थामा निकेसको शव भेटाएको एनआरएनए क्विन्सल्यान्डका संयोजक उमेश खड्काले जानकारी दिए ।

याे पनि पढ्नुस  मुक्का प्रहारबाट वृद्धको मृत्यु

निकेस फेडेरेसन युनिभर्सिटीमा अध्यनरत थिए । उनी चार जना साथीसँग पौडी खेल्न समुद्रमा पुगेका थिए । उनको शव नेपाल पठाउने तयारी भइरहेको छ ।

कमेन्ट गर्नुहोस्