टेष्ट सिरिजः न्यूजिल्याण्डविरुद्ध भारतको लज्जास्पद हार

काठमाडौंः न्यूजिल्याण्डसँगको टेष्ट सिरिजको पहिलो खेलमा भारत १० विकेटले पराजित भएको छ । टेस्टको चौथो दिन भारतले न्यूजिल्याण्डलाई दिएको ९ रनको लक्ष्य न्यूजिल्याण्डले कुनै विकेट नगुमाएर पूरा गर्‍यो ।

भारतले पहिलो इनिङ्समा १६५ र दोस्रो इनिङ्समा १९१ रन मात्र बनाउन सक्यो । दोस्रो इनिङ्समा भारतका लागि मयंक अग्रवालले ५८, आजिंक्य रहणेले २९, ऋषभ पन्तलदे २५, कप्तान विराट कोहलीले १९, हनुमा बिहारीले १५, पृथ्वी शाले १४, इशान्त शर्माले १२ र चेतेश्वर पुजाराले ११ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

याे पनि पढ्नुस  न्यूजिल्याण्डसँगको टी–२० सिरिज भारतद्वारा ‘क्लिन स्विप’

बलिङमा न्यूजिल्याण्ड टीमका टिम साउथीले ५, ट्रेन्ट बोल्टले ४ र कोलिन डीग्रान्डहोमले एक विकेट लिए । पहिलो पारीमा न्यूजिल्याण्डले ३४८ रनको योगफल तयार गर्‍यो । उसका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ८९ रनको योगदान दिए । बलिङमा भारतीय टीमका इशान्त शर्माले पाँच तथा रविचन्द्रन अश्विनले तीन र जसप्रित बुमराह र मोहम्मद शामीले एकएक विकेट लिए ।

याे पनि पढ्नुस  लयमा देखिए ऋषभ पन्त, तर शतक बनाउन भने चुके!

यसअघि टस हारेर पहिला ब्याटिङको निम्ता पाएको भारतले आफ्नो पहिलो पारीमा १६५ रनमा समेटिन पुगेको थियो । आजिक्य राहणेले बनाएको ४६ रन नै उसको पारीको सर्वाधिक ब्यक्तिगत योगफल रहन गयो । अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गरेनन् । बलिङमा न्यूजिल्याण्डका लागि कायल जमीन्सन र टीम साउदीले सामान चार–चार र ट्रेन्ट बोल्टले एक विकेट लिएका थिए ।

याे पनि पढ्नुस  यू–१९ विश्वकपः बंगलादेश पहिलोपटक फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

जितसँगै २ खेलको सिरिजमा न्यूजिल्याण्डले १–० को अग्रता बनाएको छ । सिरिजको अन्तिम तथा दोस्रो टेष्ट २९ फेब्रुअरीमा शुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्