यसकारण बैधानिक हुनुपर्छ गाँजा

सुनिल धामीः सत्तारुढ नेकपाका ४६ जना प्रतिनिधिहरुले गाँजामाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने विषयमा संसदीय बहस आरम्भ गरेका छन् । उच्च पहाडी क्षेत्रमा उत्पादित ‘अर्गानिक’ चरेसको माग अन्तराष्ट्रिय क्षेत्रमा उच्च रहेको छ । आर्थिक रुपले सम्पन्न मुलुकहरुमा नेपालमा उत्पादित चरेस निकै लोकप्रिय रहेको छ ।

युरोप, अमेरिका, हङकङ, चीन लगायतका मुलुकहरुमा नेपालमा उत्पादित चरेसको माग बढी हुने गरेको छ । ती मुलुकहरुमा नेपालमा उत्पादित चरेसको माग बढ्दै जान थालेपछि अवैध उत्पादन पनि बढ्दै गएको छ । विशेष गरी विषादी तथा रासायनिक मल मिसाइएको हुँदैन, गाईवस्तुको मूलपत्र र स्याउलाबाट बनेको कम्पोष्ट मल प्रयोग हुनका साथै उच्च पहाडी क्षेत्रमा उत्पादन हुने भएकाले नेपालमा उत्पादित चरेस स्वास्थ्यका लागि हानिकारक नभई लाभदायक हुने गरेको छ ।

एक लेखअनुसार ‘यसलाई विभिन्न प्रायोजनको लागि प्रयोग गर्न सकिन्छ ग्लाउकोमा’ भन्ने आँखा रोग, मुर्छा पर्ने, अनिद्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता समस्याको उपचारका निम्ति गाँजा सहयोगी देखिन्छ । अत्यन्त दुखाइको राहतको लागि पनि यो प्रयोग गर्न सकिन्छ ।

भगवान शिवसँग जोडिएर लेखिएका हिन्दु धार्मिक ग्रन्थहरूमा प्रयोग गर्न जानेको खण्डमा यसमा अमृत्व पाइने उल्लेख छ । पश्चिमा अनुसन्धानकर्ताकहरूले अनुसन्धानमार्फत गाँजामा औषधियुक्त गुण हुने पुष्टि गरेका छन् । मन शान्त पार्ने, दुखाई निवारण, फोक्सोमा प्रभाव नपर्नेलगायतका विषयमा पश्चिमाहरूले गरेको अनुसन्धानसँगै यसले क्यान्सर निको पार्न र क्यान्सरबाट हुने पीडा कम गर्नेसमेत प्रमाणित भइसकेको छ ।

मकवानपुर, धादिङ जाजरकोट, रुकुम र रोल्पा, मुगु, जुम्ला, बाजुरा, बझाङको उच्च पहाडीक्षेत्रमा उत्पादित चरेस विश्वबजारमा लोकप्रिय रहेको छ । एक समय खतरनाक लागूऔषधको रूपमा लिइने गाजाप्रतिको दृष्टिकोण समयसँगै परिवर्तन भएको छ । अहिले अमेरिकी तथा युरोपका थुप्रै सहरमा गाजा खुला गरिएको छ । अमेरिकाका २३ राज्यले गाजालाई औषधिको रूपमा प्रयोग गर्न अनुमति दिएका छन् ।

हाल नेपालमा गाँजा प्रतिकिलो १५ देखि २० हजार रुपैयाँ र चरेश दुई लाखदेखि चार लाख रुपैयाँ प्रतिकिलोका दरले अवैध बेचबिखन भइरहेको छ । नेपालको गाँजा र चरेश आन्तरिक खपतबाहेक प्रायः सबै भारत जाने गरेको छ ।

भारतका केही राज्यले औद्योगिक प्रायोजननिम्ती गाजा खेती गर्न अनुमति दिएका छन् । त्यस्तै चीन पनि यसमा उदार देखिँदै आएको छ । हेम्प (यसको प्रजाति) उत्पादनमा चीन फ्रान्सपछिको दोस्रो स्थानमा रहेको छ ।अन्य देशहरूले पनि गाजासम्बन्धी नियम खुकुलो बनाउँदे गएका छन् । बंगलादेश, चिली, मेक्सिको, क्यानडा, स्पेन आदि देशहरू गाजा प्रयोगमा केही उदार हुँदै गएका छन् ।

याे पनि पढ्नुस  ३५ किलो गाँजासहित तीनजना युवक पक्राउ

गाँजा र चरेसको सेवनले कुनै पनि खाने कुरा पचाउने ‘डाइजेष्ट’ को काम गर्ने गरेको चिकित्सकहरू बताउँछन् । गाँजा र चरेस मन्द खालको नशालु पदार्थ रहेको हुन्छ । नेपालको कानूनले यसको उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिवन्ध लगाए पनि गाँजा र चरेस मेडिकलजन्य लागूऔषध जस्तो गम्भीर खालको लागूऔषध नभएको विज्ञहरु बताउछन् । एक लेखअनुसार ‘यसलाई विभिन्न प्रायोजनको लागि प्रयोग गर्न सकिन्छ ग्लाउकोमा’ भन्ने आँखा रोग, मुर्छा पर्ने, अनिद्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता समस्याको उपचारका निम्ति गाँजा सहयोगी देखिन्छ । अत्यन्त दुखाइको राहतको लागि पनि यो प्रयोग गर्न सकिन्छ ।

क्यान्सर सेलहरू मार्न र रक्सी तथा अन्य हानिकारक लागूऔषधको लत छुटाउन पनि गाँजा उपयोगी हुने अनुसन्धानले देखाएको छ । यसको मद्दतले अरू थुप्रै किसिमका घातक रोगहरूको उपचार गर्न सकिन्छ । तर गाँजाले हृदयगति बढाउने, धुवाँले श्वासप्रश्वास प्रणालीमा असर गर्ने तथा अन्य सामान्य शारीरिक गतिविधिमा प्रभाव पार्ने पनि देखिएको छ ।

अमेरिकामा नेपालबाट गाँजा तस्करी भएको भन्दै अमेरिकाले गाँजा नियन्त्रण गर्न दबाब दियो । सरकारले सन् १९७३ मा पसलहरूको लाइसेन्स रद्द गर्‍यो भने १९७६ को लागूऔषध नियन्त्रण ऐनले गाँजालाई पूर्ण प्रतिबन्ध लगायो, जुन अहिलेसम्म पनि यथावत छ ।

बर्लिनमा प्रतिकिलो साढे १३ लाख रुपैयाँभन्दा बढीमा बिक्री हुने गाँजा नेपालमा प्रहरीलाई फाँड्नै फुर्सद छैन । नेपालमा अवैध भएको कारण यसको बजार मूल्यमा एकरूपता छैन । अवैध बनाइएकाले अर्बौ रुपैयाँ वर्षेनी गुमिरहेको छ । हाल नेपालमा गाँजा प्रतिकिलो १५ देखि २० हजार रुपैयाँ र चरेश दुई लाखदेखि चार लाख रुपैयाँ प्रतिकिलोका दरले अवैध बेचबिखन भइरहेको छ । नेपालको गाँजा र चरेश आन्तरिक खपतबाहेक प्रायः सबै भारत जाने गरेको छ । अवैध रूपमा भारत पुग्ने नेपाली गाँजा तथा चरेश गुणस्तरका आधारमा वर्गीकरण गरेर प्रतिकिलो एक लाख देखि आठ लाख रुपैयाँसम्ममा बिक्री हुन्छ । (प्राइसअफविड डट कम)

याे पनि पढ्नुस  गाँजासहित तीन जना पक्राउ

दोस्रो विश्वयुद्धताका नेपालको गाँजा विश्वमा लोकप्रिय थियो । त्यतिखेर नेपाली किसानको मुख्य नगदेबाली गाँजा थियो । सन् १९६० को दशकमा अमेरिकामा परम्परागत धर्म, संस्कृति र जीवनशैलीलाई नमान्ने युवा अभियान ‘हिप्पी संस्कृति’ विस्तार भएको थियो । हिप्पीहरू लामो कपाल पाल्ने, फरक लुगा लगाउने, गाँजाको धुवाँ उडाउने र आनन्द लिने गर्थे । नेपालमा सस्तो गाँजा पाइने हुँदा उनीहरू काठमाडौं आएर लामो समय बिताउँथे ।

गाजा वातावरणमैत्री र कम खर्चमै उत्पादन गर्न सकिने वस्तु हो । यसका अनगिन्ती प्रयोग गर्न सकिन्छ । यसले नेपालको आर्थिक उन्नतिमा पनि ठूलो मद्दत गर्न सक्छ । गाजाको पातबाट लगभग हामीलाई आवश्यक सम्पूर्ण वस्तु उत्पादन गर्न सक्छौँ । गाजाको पात, काण्ड, दाना र बोक्रा समेत प्रयोगमा ल्याउन सकिन्छ । हामीले यसबाट कागज, तेल, औषधिलगायत अन्य थुप्रै वस्तु उत्पादन गर्न सक्छौँ ।

नेपाल सरकारले सन् १९६१ मा विदेशीलाई गाँजा बेच्न काठमाडौंमा ३० वटा पसललाई लाइसेन्स दिएको थियो । यसबाट सरकारले ठूलो राजस्व प्राप्त गरेको थियो । अमेरिकामा नेपालबाट गाँजा तस्करी भएको भन्दै अमेरिकाले गाँजा नियन्त्रण गर्न दबाब दियो । सरकारले सन् १९७३ मा पसलहरूको लाइसेन्स रद्द गर्‍यो भने १९७६ को लागूऔषध नियन्त्रण ऐनले गाँजालाई पूर्ण प्रतिबन्ध लगायो, जुन अहिलेसम्म पनि यथावत छ । (कान्तिपुर, गाँजाको पुनर्जागरण, जेष्ठ ३२, २०७६, रमेश घिमिरे)

याे पनि पढ्नुस  गाँजाको विकल्प दिँदै जनप्रतिनिधि

गाजा वातावरणमैत्री र कम खर्चमै उत्पादन गर्न सकिने वस्तु हो । यसका अनगिन्ती प्रयोग गर्न सकिन्छ । यसले नेपालको आर्थिक उन्नतिमा पनि ठूलो मद्दत गर्न सक्छ । गाजाको पातबाट लगभग हामीलाई आवश्यक सम्पूर्ण वस्तु उत्पादन गर्न सक्छौँ । गाजाको पात, काण्ड, दाना र बोक्रा समेत प्रयोगमा ल्याउन सकिन्छ । हामीले यसबाट कागज, तेल, औषधिलगायत अन्य थुप्रै वस्तु उत्पादन गर्न सक्छौँ ।

हाम्रो देशमा गाजाप्रतिको आम धारण अझै पनि नकरात्मक छ । गाजालाई लागूऔषधको रूपमा हेरिन्छ । सरकारले यसको प्रयोग र उत्पादनलाई अपराधको रूपमा हेर्छ र दण्डित गर्छ । संघियता कार्यान्वयन भए सँगै गाजा बैधानिक बनाएर स्थानिय उत्पादनलाई प्रोत्साहन गरि दिगो रोजगारी सिर्जना गर्नु पर्दछ । नोटः यी लेखकका निजी विचार हुन् ।

कमेन्ट गर्नुहोस्