इपीएल खेल्ने पउल स्टर्लिङद्वारा चौका–छक्काको वर्षा, वेष्ट इन्डिजमाथि आयरल्याण्डको रोमाञ्चक जित

काठमाडौंः वेष्ट इन्डिज विरुद्धको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा पाहुना टोली आयरल्याण्ड ४ रनले विजयी भएको छ । बुधबार राति आयरल्याण्डले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन मात्र बनाउन सक्यो ।

याे पनि पढ्नुस  टी–२० सिरिजः अष्ट्रेलियाविरुद्ध टस जितेर ब्याटिङ गर्दै दक्षिण अफ्रिका

उसका लागि इवन लुईसले ५३, कप्तान किरण पोलार्डले ३१, शिमरोन हेटमायरले २८, लेन्डल सिमन्सले २२, निकोलश पूरन, शेरफन रदरफोर्डले २६–२६ र डीजे ब्रावोले ९ रनको योगदान दिए ।

बलिङमा आयरल्याण्डका जोस लिटलले सर्बाधिक ३ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ८ रन बनायो ।

याे पनि पढ्नुस  टी–२० सिरिजः भारतलाई दोस्रो झड्का

उसका लागि पउल स्टर्लिङले शानदार ब्याटिङ गरे । उनले ४७ बलमा ८ छक्का र ६ चौकाको मद्दतमा ९५ रन बनाए । पउलले आसन्न एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्दै छन् ।

यस्तै वेष्ट इन्डिजविरुद्ध केभिन ओब्रायनले ४८, ग्यारेथ डेलानीले १९ र ग्यारी विल्सनले १७ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा वेस्ट इन्डिजका डीजे ब्रावो, सेल्डन कोट्रेल, खरी पिर्रेले २–२ विकेट लिए ।

याे पनि पढ्नुस  टी–२० सिरिजः भारतविरुद्ध हेटमाइरको शानदार अर्धशतक

कमेन्ट गर्नुहोस्