धुर्मुस सुन्तलीको चलचित्र सेन्टी भाईरसको पहिलो गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौंः हाँस्यकलाकार तथा समाजसेवी धुर्मुस सुन्तलीको प्रस्तुती चलचित्र सेन्टी भाईरसको फनफनी बोलको गीत सार्वजनिक भएको छ।

शंकर थापा स्माइलको संगीतमा बनेको गीतमा कालीप्रसाद बाँस्कोटा र मेलिना राईको स्वर छ । भने, गीतको शब्द रचना डिपी खनालले गरेका छन् । गीतलाई शंकर बिसीले कोरियोग्राफ गरेका छन।

याे पनि पढ्नुस  ‘सेन्टी भाइरस’को ५० प्रतिशत नाफा रंगशालालाई दिइने

फागुन ९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको गीतमा अन्जली अधिकारीलाई मुख्य फिचर गरिएको छ। गीतमा अञ्जलीसँगै दयाहाङ राई, सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), विल्सनविक्रम राई, बुद्दि तामाङलगायतका कलाकारले कम्मर मर्काएका छन।

चलचित्रको कथावस्तु कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन्।

याे पनि पढ्नुस  धुर्मुस–सुन्तलीले चलचित्र बनाउने, फिल्मको नाम ‘सेन्टी भाइरस’

कमेन्ट गर्नुहोस्