संगीतकार कालीप्रसाद बास्कोटाको आज ४०औं जन्मदिन

काठमाडौंः लोकप्रिय संगीतकार कालीप्रसाद बास्कोटाको आज जन्मदिन । १९७९ डिसेम्बर १६ तारिखका दिन उनको जन्म भएको हो । यस आधारमा उनी आज आफ्नो ४०औं जन्मदिन मनाउँदैछन् ।

कालीप्रसाद पछिल्लो समयका चर्चित संगीतकार हुन् । पप तथा चलचित्र संगीत दुवैमा बास्कोटा जमेका छन् । ‘रेशम फिलिली’ को ‘पिरतीको छाता ओढाउन…’ होस् कि ‘लूट २’ को ‘लैजाऊ घुमाउन मलाई ठमेल बजार..’ होस् बास्कोटा हिट छन् ।

याे पनि पढ्नुस  जन्मदिन मनाउँदै चर्चित अभिनेता रजनीकान्त

यस्तै, सुन साइँली ४० कटेसी रमाउला…बोलको पपगीतमा कालीप्रसादले आफूलाई अब्बल प्रमाणित गरेका छन् । पछिल्लो समय उनी ‘नेपाल आइडल’ को जज बनेका छन् । उनले संगीतसम्बन्धी धेरै अवार्ड र पुरस्कार पाइसकेका छन् ।

कमेन्ट गर्नुहोस्