चीनले रसुवागढी–काठमाडौं रेल मार्गको ‘डीपीआर’ बनाउने

काठमाडौंः चीनले रसुवागढी–काठमाडौं रेल मार्ग निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको नेसनल रेल्वे एडमिनिस्ट्रेशनको मंगलबार काठमाडौंमा बसेको पाँचौ बैठकले रेल मार्ग निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनाउने कामलाई सुरु गर्ने सहमति गरेको हो ।

याे पनि पढ्नुस  यातायात मन्त्री महासेठको गाडीमा ट्राफिकले ह्वील लक लगाएपछि...

रेल सेवाको विस्तृत अध्ययन प्रतिवेदनको कामलाई तत्काल सुरु गर्ने सहमति चिनिया पक्षसँग गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए । यता, नेपाली पक्षले भने त्यसका लागि आवश्यक सुरक्षा र वातावरणीय प्रभाव मूल्यांकनको काममा सहयोग र्पुयाउने पनि सहमति पत्रमा उल्लेख गरिएको छ ।

याे पनि पढ्नुस  टुटल र पठाओः प्रयोगकता बढ्दै, सञ्चालनबारे अझै अन्योल

चीनले अब रेल मार्ग निर्माणका लागि सर्भे, भौगर्भिक अध्ययनलगायतका कामलाई तत्काल अघि बढाउने पनि सचिव कार्कीले बताए । यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा रेल मार्ग निर्माणको कामलाई अघि बढाउने औपचारिक समझदारी भएको थियो ।

कमेन्ट गर्नुहोस्