भारतको हिमाञ्चल प्रदेशबाट गाँजासहित १२ नेपाली पक्राउ

काठमाडौंः भारतको हिमाञ्चल प्रदेशबाट लागूऔषध गाँजासहित १२ जना पक्राउ परेका छन् ।

भारतीय संचार माध्यामका अनुसार पक्राउ परेका १२ नेपाली मध्ये ५ जना महिला रहेका छन् ।

उनीहरुलाई गत शनिवार प्रहरीले कुल्लु जिल्लाको पार्वती गाउँबाट पक्राउ गरेको हो।

पक्राउ परेका जम्मा ३१ मध्ये १९ जना स्थानीयबासी रहेको भए पनि नेपालीको भने ठेगाना खुल्न सकेको छैन।

याे पनि पढ्नुस  कम्युनिष्ट गुरिल्लाहरुको अन्त्यसँगै गाँजा उद्योगमा कोलम्बियाको फड्को

प्रहरीले उनीको साथबाट २ किलो ९ सय १३ ग्राम गाँजा बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्