सिआईबी टोलीको निष्कर्षः आत्महत्या दुरुत्साहनमा रविको भूमिका

चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले चितवनस्थित सरकारी वकीलको कार्यालयमा मिसिल बुझाएको छ ।

मिसिलमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहन अभियोग लगाइएको छ ।

घटनाको अनुसन्धान गर्न सिआइबीका प्रहरी उपरीक्षक दिपक रेग्मी नेतृत्वको टोली चितवन पुगेको थियो ।

याे पनि पढ्नुस  चितवन नागरिक समाजकाे अपील– रविमाथि अनुसन्धान स्वभाविक, अनुसन्धान प्रभावित गर्नु गलत

आज पत्रकार सम्मेलन गर्दै प्रहरी उपरीक्षक रेग्मीले आत्महत्या दुरुत्साहन अभियोग अन्तर्गत रहेर नै अनुसन्धान पुरा गरेको जानकारी गर्दै सोही अनुरुप अदालतमा मिसिल पेश गर्न लागेको जानकारी दिए ।

पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसँगै सञ्चारकर्मी युवराज कँडेललाई पानीपोखरीस्थित न्युज २४ कार्यायलबाट प्रहरीले पक्राउ गरेको थियो भने रुकु भनिने अस्मिता कार्कीलाई सोही दिन कलंकीबाट पक्राउ गरेको थियो ।

याे पनि पढ्नुस  रविसहित तीनैजना अदालतमा, के छ अबको सम्भावना?

पत्रकार पुडासैनी साउत २० गते नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

आत्महत्या गर्नुअघि पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको बताएका थिए । 

कमेन्ट गर्नुहोस्