यी हुन् मन्त्रिपरिषद्‌ बैठकका १९ निर्णय

काठमाडौं, साउन १९ । गत साउन १६ मा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । बैठकले झूठो विवरण पेस गरेर नेपाली नागरिकता लिएका ८ जनाको नागरिकता रद्दगर्नेसहित १७ वटा निर्णय गरेको छ ।

नगारिकता रद्द हुनेमा अशोक साह, बिन्दे महतो, वैवाहिक अंगिकृतको नागरिकता लिएकी उनकी श्रीमती दानादेवी महतो, दानादेवीकी बुहारी सोसील महतो छन्। यस्तै राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको समेत नागरिकता रद्द गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए।

याे पनि पढ्नुस  यी हुन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण ६ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले मंसिर १४ गते तीनै तहको उपनिर्वाचन गर्ने निर्णय गरेको जानकारी दिए। मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले निर्वाचन आयोगले सिफारिस गरेकै मितिमा सरकारले उपनिर्वाचनको मिति तोकेको जानकारी दिएका हुन्।

याे पनि पढ्नुस  ‘अहिले सीमा विवाद सधैका लागि अन्त्य गर्ने स्वर्णिम अवसर छ’

कमेन्ट गर्नुहोस्