काठमाडौं, चैत २१ । सन्दीप आवद्ध दिल्ली क्यापिटल्सले आज इन्डियन प्रिमियर लिग (आइपीएल) मा सनराइजर्स हैदरावादको सामना गर्दैछ । आइपीएलमा बलियो देखिएको हैदरावादको शुरुवाती जोडी यो पटक निकै चम्किँएको छ । डेबिड वार्नर र जोनी बेयरिस्टोको जोडीले लगातार तीन खेलमा १०० माथि रनको साझेदारी गरेको छ । यो बिस्फोटक जोडीलाई आउट गर्न सके दिल्लीलाई आफ्नै ‘होम ग्राउन्ड’ मा जीत निकाल्न सजिलो हुनसक्छ ।
यसअघिका २ खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ‘पावर प्ले’ अर्थात शुरुवातका ६ ओभरमा बलिङ गर्ने मौका पाएका थिए । र, उनले विकेट पनि दिलाए । बैदरावादविरुद्ध पनि उनले शुरुवाती ओभरमा मौका पाउन सक्छन् ।
यदि सन्दीपले शुरुवातमै विकेट दिलाए दिल्लालाई त फाइदा हुने नै छ, बेयरिस्टो र वार्नरले लगातार ४ पटक १०० रनको साझेदारी गर्न पनि पाउँदैनन् । यसकारण सन्दीपले यी दुई खेलाडीको पृष्ठभूमि अध्ययन गर्नुपर्छ ।
अंक तालिकामा हैदरावाद तीन खेलमा २ मा जीत र एकमा हार बेहोर्दै तेस्रो स्थानमा रहँदा दिल्लीले ४ खेलमा २ मा हार र २ खेलमा विजयी हासिल गर्दै पाँचौ नम्बरमा स्थान बनाएको छ ।