एनएमबि बैंकको लाभांश सोमबारसम्म कायम शेयरधनीले मात्र पाउने

एनएमबि बैंकले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको ३० प्रतिशत लाभांश सोमबारसम्म कायम शेयरधनीले मात्र पाउने भएका छन्। बैंकले लाभांश वितरणका लागि पुस १० गते मंगलबारदेखि बुकक्लोज गर्ने भएकाले सोमबारसम्म कायम शेयरधनीले लाभांश पाउने भएका हुन् ।

बैंकको शेयर मूल्य पुस ९ गते साेमबार प्रतिकित्ता ३९० रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ। बैंकले पुस २६ गते बिहीबार बैंकले आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे २३ औं वार्षिक साधारण सभा डाकेको छ ।

याे पनि पढ्नुस  एनएमबी बैंकको ४३ प्रतिशत नाफा

साधारण सभाले बैंक सञ्चालक समितिको मंसिर ५ गते सम्पन्न ३६९ औं बैठकले प्रस्तावित १० प्रतिशत (८७ लाख ४३ हजार ७८४.२३ कित्ता) बोनस शेयर र कर प्रयोजनका सहित २० प्रतिशत (एक अर्ब ७४ करोड ८७ लाख ५६ हजार ८ ४५ रुपैयाँ ८१ पैसा) नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। साधारण सभाले यो लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्ने छ ।

याे पनि पढ्नुस  एनएमबि बैंकले ल्यायो यस्तो सुविधा, निक्षेपकर्तालाई रोग लागे १० लाखको विमा

हाल एनएमबी बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ रहेको छ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार ६५१ रुपैयाँ पुग्ने छ ।

यसैगरि बैंकको २३ औं साधारण सभाले नाफा नोक्सान हिसाब सहित समग्र वित्तीय विवरणमाथि छलफल गरि पारित गर्ने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगाएका एजेण्डा पारित गर्नेछ ।

याे पनि पढ्नुस  आकर्षक लाभांश घोषणाले एनएमबी बैंकको शेयर मूल्य बढेर उच्च कारोबार

एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ५ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ६४ पैसा कायम गरेको छ । मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्