प्रचण्ड–मोदी १ घन्टा लामो भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं, भदौ २४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताउँदै वर्तमान सरकारले थालेको समृद्धिको एजेन्डामा पूर्ण सहयोग गर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डसँग शनिबार भएको भेटमा मोदीले नेपाल र भारतबीच भएका सबै सम्झौता कार्यान्वयनको वचन दिएका छन् । मोदीले पछिल्ला उच्च तहका अन्तरक्रियाले दुई देशबीचको सम्बन्धको गति उच्च भएको समेत बताए ।

याे पनि पढ्नुस  मुलुको विकासका लागि सबै संकल्प गर्ने बेला आयो : प्रचण्ड

‘दुई नेताबीच नेपाल–भारत सम्बन्धमा भएका प्रगति र आपसी हितका विभिन्न इस्युमा छलफल भयो । प्रधानमन्त्रीले प्रचण्डसँग भएका विगतका संवाद स्मरण गर्नुभयो र नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन गर्नुभएको मूल्यवान् योगदानप्रति प्रचण्डलाई धन्यवाद दिनुभयो,’ भेटवार्तापछि मोदीको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उच्च तहमा भएको अन्तत्र्रिmयाबाट नेपाल–भारत सम्बन्धले उच्चतम गतिमा बढावा प्राप्त गरेको छ ।’

याे पनि पढ्नुस  भदौ ५ भित्र संशोधन विधेयक पारित हुनेमा विश्वस्त छु– प्रचण्ड

बिहीबार औपचारिक भ्रमणमा दिल्ली पुगेका प्रचण्डले प्रधानमन्त्री मोदीसँग शनिबार शिष्टाचार भेट गरेका हुन् । मोदीनिवास ७ लोककल्याणमार्गमा करिब १ घन्टा लामो भेटवार्ता भएको थियो । प्रचण्डको सचिवालयका अनुसार वार्तामा नेपाल र भारतका प्रधानमन्त्रीको आपसी भ्रमण, बिमस्टेक सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणको सम्भावनाबारे छलफल भएको थियो ।

याे पनि पढ्नुस  केपी अाेली काठमाडौं अाए लगत्तै प्रचण्डलार्इ भेट्न खुमलटार जाने

३१ भदौ ०७३ मा प्रधानमन्त्रीका रूपमा प्रचण्डको पछिल्लो राजकीय भारत भ्रमण स्मरण गर्दै मोदीले त्यसवेला भएका सहमति कार्यान्वयन हुने पनि उल्लेख गरेका छन् । खबर आजको नयाँ पत्रिकामा दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्