मलेशियामा अबैधानिक आप्रवासीमाथि धरपकड सुरु

मलेशिया,भदौ १८ । मलेशियन सरकारले स्वदेश फर्किन दिइएको आममाफीको समयसिमा सकिए संगै मलेशियामा रहेका अबैधानिक आप्रवासी माथि प्रहरीले धरपकड सुरु गरेको छ।

गत अगस्ट ३० तारीख बाट आममाफीको समय सकिए सङ्गै शुक्रबार राती बाटै व्यापक मात्रामा प्रहरी परिचालन गरि अबैधानिक कामदारको खोजिकार्य तिब्र पारिएको स्थानीय संचारमाध्यमले जनाएका छन।
प्रहरी परिचालन भएसँगै विभिन्न कम्पनीमा पुगेर प्रहरीले खानतलास गर्दै कामदारको कागजात चेकजाँच गर्न काम सुरु गरेको छ ।

याे पनि पढ्नुस  कम्पनीले तलब नदिएपछि मलेशियामा हजारौं नेपाली आन्दोलित

शुक्रबार राति बाट सुरु भएको प्रहरी कारबाहीमा हालसम्म विभिन्न कम्पनी होस्टेलमा लुकेर बसेका झन्डै एक हजार भन्दा धेरै अबैधानिक आप्रवासी लाई प्रहरीले पक्राउ गरिसकेको द स्टार खबरले उल्लेख गरेको छ।

मलेसियन सरकारले आममाफी सुरुगर्दा तोकिएको अवधिभित्रै आफ्नो देश नफर्किएका त्यस्ता कामदार र उनीहरुलाई रोजगारी दिने रोजगारदाता कम्पनीलाई समेत कारबाही गरिने बताएको थियो ।

कमेन्ट गर्नुहोस्