पहिरोमा परी एकको मृत्यु, ४ जना घाइते

बैतडी, साउन ९ । पहिरोमा पुरिएर दार्चुलामा आज एकजना मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका-२ रौतेडाका २२ वर्षीय मदन ओड रहेका इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इञ्चार्ज प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिनुभयो ।

आज बिहान २ः३० बजे सुतिरहेका बेला माथिबाट आएको पहिरोमा पुरिएर ओडको घटनास्थलमै ज्यान गएको हो । मृतक ओड विगत केही दिनदेखि शैल्यशिखर-९ रुप्सालखोला बाँजका मानसिंह विकको घर निर्माणको काम गरिरहेका प्रहरीले बताएको छ ।

याे पनि पढ्नुस  निसान छापको नक्सामै दार्चुलाको कालापानी गायब !

सँगै सुतेका अन्य मजदूर भने भागेर बाँच्न सफल भएका इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । मृतक ओडको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । -रासस

कमेन्ट गर्नुहोस्