काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत युएईले नेपाललाई ११५ रनको सामान्य लक्ष्य दिएको छ। ३४ ओभरमा घटाइएको खेलमा युएई ३१ ओभरमा १ सय १४ रनमा अलआउट भयो।
नेपाली बलरको कसिलो बलिङका अगाडि युएइका ब्याट्म्यान निरीह भएका थिए ।
उत्कृष्ट बलिङ गदैृ नेपालका सोमपाल कामीले ४ विकेट लिए भने सन्दीप लामिछाने ३ विकेट लिँदा र कप्तान पारस खड्काले २ विकेट हात पारे। साथै करण केसीले १ विकेट लिए ।
सोमपालले खेलको तेस्रो बलमै नेपाललाई सफलता दिलाएका थिए। उनले ओपनिङ ब्याट्सम्यान असरफ अहमेदलाई शून्य रनमा बोल्ड गरे।