एमिकस क्युरीको सहयोग माग

काठमाडौं, कात्तिक १९ । सर्वोच्च अदालतले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा खटिने करिब पाँचलाख कर्मचारीलाई मतदान गर्न दिने विषयमा राय दिन एमिकस क्युरी (विज्ञ) को सहयोग मागेको छ ।

न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनबाट एक–एकजना एमिकस क्युरी माग गर्ने आदेश जारी गरेको हो ।

याे पनि पढ्नुस  आठ बर्ष जेलपछि सफाइ

निर्वाचनमा खटिएको ठाउँमा कर्मचारीले समानुपातिकतर्फ मतदान गर्न पाउनुपर्ने माग गर्दै महान्यायाधिवक्ताको कार्यालयका भरतकुमार मैनालीले हालेको रिट निवेदनको सुनुवाइपछि अदालतले एमिकस क्युरी माग गरेको हो ।

यसअघि सर्वोच्च अदालतले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटिने कर्मचारीलाई समानुपातिकतर्फ मताधिकारको प्रयोग गर्न रोकिएकोमा प्रश्न गर्दै जवाफ दिन निर्वाचन आयोगको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।

याे पनि पढ्नुस  डा. गोविन्द केसीको बयान सुरु

सरकार र निर्वाचन आयोगलाई विपक्षी बनाउँदै मैनालीले कात्तिक १३ गते दायर गरेको रिट निवेदनमा न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले लिखित जवाफसहित आज आउन निर्वाचन आयोगको नाममा आदेश दिएको थियो ।

आयोगले मंसिर १० र २१ गतेको निर्वाचनमा खटिने चार लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मीलाई समानुपातिक प्रणालीमा मतदान गर्न नपाउने निर्णय गरेको छ ।

याे पनि पढ्नुस  निषेधाज्ञा जारी गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

निजामती कर्मचारी, शिक्षक, सुरक्षाकर्मी र म्यादी प्रहरीको अस्थायी मतदाता नामावलीको व्यवस्था नभएकाले उनीहरूले समानुपातिक निर्वाचनमा समेत मतदान गर्न नपाउने भएका छन् । रासस

कमेन्ट गर्नुहोस्