काठमाडौं, कात्तिक १५। नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने भएका छन । कांग्रेले शर्मामा झापा १ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बालुवाटारमा जारी कांग्रेस संसदीय समितिको बैठकले शर्मालाई झापा १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदार बनाउने निर्णय गरेको बताइएको छ ।
शर्माले अब वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नेता राम कार्की (सुरेन्द्रकुमार कार्की) सँग चुनाबी प्रतिस्पर्धा गर्ने छन । यसअघि नै वाम गठबन्धनबाट झापा १ मा माओवादीका राम कार्की उठ्ने टुंगो लागिसकेको छ ।
यसअघि झापा ५ मा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीविरुद्ध शर्मा उठ्ने चर्चा चल्दै आएको थियो ।
कांग्रेसले संसदीय समितिको बैठकमा झापा जिल्ला समितिकातर्फ बाट सिफारिस गरिका झापाको क्षेत्र नं. २ मा उद्धव थापा, ३ मा कृष्णप्रसाद सिटौला, ४ मा देउमान थेबे र ५ मा डा. खगेन्द्र अधिकारीको नाममाथि छलफल भइरहेको बताइएको छ ।