आमा

चैत बैशाखको घामले तिमीलाई छेकेन

बर्खा मासको भेलले तिमीलाई छेकेन

पुसको कठ्यांग्रिदो जाडोले छेकेन

आमा लुकीलुकी प्रेम दर्शाउन

बाँधिएको समाजले तिमीलाई छेकेन

त्यसैले

म भोको हुँदा तिमी गाँस हौ

मुटुको धड्कन आमा तिमी सास हौ

गाउनेले धेरै गाए तिम्रा महानताका कुरा

लाउनेले धेरै लाए तिम्रा ब्यथामा नुन चुक

याे पनि पढ्नुस  "लाहुरेको छोरा"

पाउनेले धेरै पाए तिम्रा माया प्रेम र स्नेह

गाउनेलाई गाई रहन दियौ

लाउनेलाई लाइ रहन दियौ

मेरा लागि सधै घाम पानीको ओत बन्यौ

संसार हरायौ आमा मायाको स्रोत बन्यौ

त्यसैले

म भोको हुँदा तिमी गाँस हौ

मुटुको धड्कन आमा तिमी सास हौ

कति हेपियौ होला यो समाजबाट

याे पनि पढ्नुस  कविता: बा

कति सेकियौ होला समाजका ब्वासाबाट

बर्सौं दुस्ख सह्यौ होला सन्ततिका लागि

अस्तित्व नै दाउमा राख्यौ होला सन्तान हसाउन

तर पनि आफ्नो मन कहिल्यै फुट्न दिएनौ

सन्तान प्रति आफ्नो माया टुट्न दिएनौ

त्यसैले

म भोको हुँदा तिमी गाँस हौ

मुटुको धड्कन आमा तिमी सास हौ

आकाश जत्रै हुनुपर्छ तिम्रो त्यो मन

याे पनि पढ्नुस  अटल बिहारी वाजपेयीकाे प्रसिद्ध कविता: मृत्युसँग जोरी

न त जोख्नै मिल्ने न त पोख्नै मिल्ने

न त नाप्न सक्छु तिम्रो मायाको गहिराइ

केवल हराउन सक्छु त्यो गहिराइमा

रगतको थोपामा आमाको माया बग्छ

मुटुको चालमा आमाको धड्कन धड्कन्छ

त्यसैले

म भोको हुँदा तिमी गाँस हौ

मुटुको धड्कन आमा तिमी सास हौ

 

कमेन्ट गर्नुहोस्