अस्ताएको प्रेम

त्यही मनको पछि लाग्दै गर्दा ‘स्पर्श’ मैले खोजेको जस्तै करेन्ट लाग्ने खालको पाएँ । म दंग थिएँ । हरेक स्पर्समा म तरंगित हुँदै जान्थें । वर्षको अन्तर सायद १० थियो ।

दुइवटा खाटको आमनेसामने गरि बस्दा उसले मेरा, मैले उसको हात समातेको थिँए । उसका मोटा , घामले डढेका हात मेरो हातमा पर्दा मैले काठको ठुटोले छोएको महसुस मात्र गरें । मेरो अपेक्षा, त्यो स्पर्शमा हल्का करेन्ट बगेको होस, सिधै मेरो मुटुमा कम्पन होस वा यस्तै केही नौलो महसुस गरुँ ।

तर , एउटै हात, एउटै स्पर्शले म सायद बोर भएको थिँए । खोजीमा थिँए सायद, कम्पन भएको हातको स्पर्शको । जुन मैले उ बाट पाउन सकिन ।
मैले केही मिनेट अझै प्रतिक्षा गरें, उसको हातमा केही कम्पन हुन्छ की भनेर । मैले अतृप्त शैलीमा हातलाई हटाएर आफनै साइडमा ल्याउन मन पराएँ ।
उ मलाई अंगाल्न चाहन्थ्यो । तर म उसको आलिंगनबाट उम्किन चाहन्थ्यें । कुरा टारेर म अलग्गै बसें ।सोचें– ‘पुरानो प्रेम भनेको रस नभएको फुल नै रहेछ । जसको मुल्य न भेटीमा हुन्छ न भमरको नजरले नै खोज्छ । ’

बन्द कोठा, उ र म मात्र । उसको नजरले मेरा छातीलाई घुरिरहेको थिए । म भने झ्यालबाट बाहिर केही अनौठो अनुभवको सोचाइमा केही खोज्दै थिँए ।
अठोट नै गरें । कम्पन भएका हातले नै आफुँलाई स्पर्श गराउँछु ।

स्पर्शको मोहमा मैले धेरैको मनलाई आफ्नो बनाउन कोशिस गरें । २३ वर्ष हुँदाको अनुभव र अहिले ३३ वर्षको हुँदाको अनुभवमा मायामा आकाश जमिनको फरक औंलाए । अपरिपक्क चाहनाले परिपक्वतातिर ढल्कायो ।

अटोमेटिक ग्याँसको दाहिने चुलोमा आगो सल्काएँ । चिया बनाउँन भाँडो र २ कप चिया ननापिकन बसालें । कालो रंगको चियापतिले चिया पुरै कालो भकलकभकलक उम्लिरहेको थियो । म पनि त्यसरी नै उम्लिेरहेको थिंए । अतृप्त स्पर्शले ।

केही वर्ष अघिका दृश्यहरुलाई मनको एउटा एंगलबाट हेरें । कति कम्पनयुक्त थिए ती स्पर्शहरु । हरीयाली अनि उमंगले भरिएका । चियाको रंग जति गाढा हुँदै जान्छ म उती नैै गाढिँदै गएको महसुस गरें । तर फर्रकिए आफ्नै रुखका ठुटाको दुनियाँमा जहाँ प्रेमको नाममा एउटा स्पर्श पनि नसिब छैन ।

फोनको घण्टीले मेरो सोचाइको गहिराईलाई भंग गरिदियो । हेरें एउटी मिल्ने साथीको फोन आएको रहेछ । अगुल्टोको ठुटो झैं उसका हातबाट मैले मुक्ति जो पाएकी थिएं । फोन गर्नेलाई मनमनैं धन्यबाद दिएं ।

निलो ठुलो कपमा भरि र सानो कपमा गरेर कालो चिया खन्याएँ । के मिठो होला जस्तो लाग्यो चिया पनि । रुममा पसें । कालो मन अनि कालै चिया लिएर ।
उ मलाई मायाले हेरिरहेको थियो । उसको आँखामा मप्रति प्रेम, प्यास छताछुल्ल भरिएको थियो । सम्झना आयो, कुनै दिन घण्टौं त्यही आँखामा हेरेर दिन रात विताएका पलहरु ।
अहिले मेरा नजरले उसको माया त देख्न सकेन सकेन, उसका व्यवहारले मनमा भएका केही भावहरु पनि मरेर गएका थिए । म निर्जीव जस्तो व्यवहार गर्दै थिएँ । आफुँलाई बाँचेको जस्तो भान पनि थिएन । म अन्धकारमय दुनियामा थिँए । माया नभएको दुनियामा ।

फोनको घण्टीले मेरो सोचाइको गहिराईलाई भंग गरिदियो । हेरें एउटी मिल्ने साथीको फोन आएको रहेछ । अगुल्टोको ठुटो झैं उसका हातबाट मैले मुक्ति जो पाएकी थिएं । फोन गर्नेलाई मनमनैं धन्यबाद दिएं ।

केही दिनको स्पर्शले म आनन्दित भएँ । तर मिछिए पनि । अब मलाई उसको स्पर्समा पनि करेन्ट बग्न छोड्यो । त्यो प्रेम थिएन, माया थिएन । त्यो केवल थियो तनको चाह । मैले उसको स्पर्शलाई अब मन पराइन । उसको आँखाले मलाई लोभ्याउन छाड्यो । फुलेको फुल अब सुक्यो । यही रहेछ माया । फुल्ने अनि झर्ने ।

अनि बाहिर जाने बहानामा मैले उसका भुत्ते स्पर्शबाट छुट्कारा पाएँ ।

माया । मेरो नाम नै माया । १३ औं बसन्त काटेदेखि नै मनमा मायाको अंकुर पलाएको थियो । माया, एउटा मनको माया अनि अर्को तनको माया । दुवै मायाको लागि भौतारिएकी म । २३ औं बसन्त पार गर्दै गर्दा औंलाले भाँच्ने हो भने पाँच औंलामा एक औंलाको माया पनि पाउन सकेन यो मनले । समयसंगै आवश्यकता र चाहनाले मायाको भावना पनि परिवर्तन हुँदो रहेछ । कहिले मनको माया प्रवल भएर आउँदो रहेछ कहिले तनको माया ।

मायामा ताजकी र नयाँपन खोज्ने यो मनले एकदिन एउटा नयाँ मनलाई भेट्टायो । त्यही मनको पछि लाग्दै गर्दा ‘स्पर्श’ मैले खोजेको जस्तै करेन्ट लाग्ने खालको पाएँ । म दंग थिएँ । हरेक स्पर्समा म तरंगित हुँदै जान्थें । वर्षको अन्तर सायद १० थियो । म २३ को उ ३३ को । तर मनले वर्षको ख्याल गरेन । महसुस गर्यो त करेन्ट जस्तै बग्ने उसको स्पर्शको ।

केही दिनको स्पर्शले म आनन्दित भएँ । तर मिछिए पनि । अब मलाई उसको स्पर्समा पनि करेन्ट बग्न छोड्यो । त्यो प्रेम थिएन, माया थिएन । त्यो केवल थियो तनको चाह । मैले उसको स्पर्शलाई अब मन पराइन । उसको आँखाले मलाई लोभ्याउन छाड्यो । फुलेको फुल अब सुक्यो । यही रहेछ माया । फुल्ने अनि झर्ने ।

सयौं अनुभपछि म बैरागीएँ । स्पर्शको मोहमा मैले धेरैको मनलाई आफ्नो बनाउन कोशिस गरें । २३ वर्ष हुँदाको अनुभव र अहिले ३३ वर्षको हुँदाको अनुभवमा मायामा आकाश जमिनको फरक औंलाए । अपरिपक्क चाहनाले परिपक्वतातिर ढल्कायो । स्पर्श गर्न चाहने मन अहिले मरिसकेको छ । थाहा छैन मेरा स्पर्शले कतिको मन चिसो बनायो । तर म अहिले ती अनुभवलाई मेटाउने प्रयत्नमा छु । हो मैले सांसरिक दुनियाको प्रेम, त्यसलाई वासना भन्छन् क्या हो , त्यसबाट टाढा छु ।

म अब हरेक साँझ आँफैले बाल्ने बत्तिलाई प्रेम गर्न थालेकी छु । मेरा तनले अहिले करेन्ट बग्ने स्पर्श खोज्दैन । खोज्छ त मनको शान्ति मात्र ।

बुद्धको शरणमा परेपछि म अर्कै भएकी छु । सांसरिक मोहलाई त्याग्ने प्रयत्नमा छु । हो, मेरो नाम अहिले माया होइन, आङि माया भएको छ ।

कमेन्ट गर्नुहोस्