“उल्झन”

“अरुको लागि मरिमेट्छौ, आफ्नो घर-परिवारको वास्ता छैन। तिमीसँग बिहे गरेर मैले कुकुरले नपाउने दु:ख पाएँ। अब म तिम्रो घर-बार हेर्न सक्दिनँ। आजदेखि नानीहरूको जिम्मा तिम्रै भयो।”

केही दिनदेखिको ब्याकलग (बाँकी रहेको काम) तुराउने हतारो। बिहान सवेरै उठेर ड्युटि जानु पर्ने। विहान विहानै ईश्वरको भजन तथा शुभ-प्रभात जस्ता अभिवादन सुन्नु पर्ने बेला विरक्त लाग्दो भाइबर म्यासेज पढेर चमारसीङ को शिर चकराउँछ। अफिस जान तयार चमारसीङ फेरि थचक्क खाटमा पसारिन्छ। मन भक्कानिएर आउँछ उसको अनि शिरानीलाई अँगालो हालेर मन भरिको बह आँशुको रुपमा पोख्न थाल्छ।

अनायाशै अफिस-मोबाइलको घण्टी बजेकोले छेउमै रहेको तौलियाले आँशु पुछ्दै, मोबाइल हेर्छ। फोन आएको नभएर बिहान साढे पाँच बजेको अलार्म पो रहेछ। “अहो, ढिलो पो हुन आँटेछ। लौ छिटो जानु पर्छ नत्र ट्राफिक जाममा फसियो भने साँढे छ बजे अफिस पुग्न गाह्रो हुन्छ।” एक्लै भुतभूतिँदै ढोका बन्द गरेर ड्युटीको लागि प्रस्थान गर्छ चमारसीङ।

केही वर्षदेखि म र चमारसीङ काम र कम्पनी फरक-फरक भएपनि एउटै कोठामा बसिरहेका थियौं। अभिन्न मित्र भनौं अथवा दाजु-भाइ जस्तै थियो हाम्रो संबन्ध। बस्ने कोठा, खाना-पिना मात्र नभएर एक-अर्काका दु:ख सुख बाड्थ्यौं हामी। न त हामी बीच कुनै वाद-विवाद थियो न त कुनै भेदभाव। मनका कुराहरू, पिर-व्यथा तथा सुख-दु:खका हरेक कुराहरू शेयर गर्थ्यौं हामी। वास्तवमा यिनी मेरा सहोदर दाजुभन्दा कम थिएनन्। यिनी नहुँदो हो ता शायद मैले उहिले नै यो मरुभूमिलाई अलबिदा गरिसक्ने थिएँहुँला।

गाउँको गरिब किसान को घरमा जन्मेको चमारसीङ, जिन्दगीका विभिन्न घुम्तिहरूमा अनेकौं हण्डरहरू खाँदै मरुभूमिमा काम गर्न आइपुगेको थियो। त्यो पनि आफ्नो रहरले होइन परिवारको निमित्त केही सहज होस् भन्ने सम्झेर नै आफ्ना रहरहरूलाई थाँति राखेर मरूभूमिको असहज यात्रामा खुशीसाथ बाटो लागेको थियो चमारसीङ।

“मान्छे को जिन्दगी अमूल्य छ भाइकाजी! आज हो कि भोलि हो तर एकदिन त सबै जानैपर्छ मरेर। त्यसैले आईपर्ने कष्टहरूलाई हाँसी-हाँसी स्वागत गर अनि त्यसरी नै बिदा पनि।” यसरी नै मेरो हौसला बढाइरहन्थे यिनी। हाँसी-हाँसी आँशु पचाउन सक्ने बडो महान खुबि थियो यिनको। तर आज अचानक यिनको रुवाई देखेर म आफै भावविभोर थिएँ र असमंजसमा पनि। आज यिनीसँग एक शब्द पनि बोल्ने हिम्मत पनि गर्न सकिनँ, मलाई लाग्यो यिनलाई एकान्तता को खाँचो छ।

शायद ड्राईभिङ गर्दै होला त्यसैले फोन उठाउन मिलेन। बाटोमा आउदै रहेछ बुढा” यही सोंचेर अलिक ढुक्क भएँ। लगभग १५-२० मिनेटसम्म पनि बुढा आइपुगेनन् न त उताबाट फोन नै आयो। त्यसैले फेरि दोस्रो पटक फोन गरें। २-३ घण्टी बज्ना साथै फोन उठ्यो। तर, फोन उठाउने चमारसिङ थिएनन् कुनै अरबि थियो।

चमारसीङ निस्केको केही क्षण पछि म पनि आफ्नो कर्मतिर लागें। परदेशी सबैको एउटै त दैनिकी हुन्छ त्यो हो बिहान उठ्नु, ड्युटीमा जानु, बेलुका कोठा आउनु अनि खाना पकायो खायो अनि फेरि भोलि सुत्नु।

याे पनि पढ्नुस  कथाः छ आँशुको कथा

दिनभरि काममा पनि चमारसीङको रुवाईले मलाई छाडेन। “बुढालाई के पर्यो त्यस्तो? होइन केही संवेदनशील घटना हुनुपर्छ। भरै बेलुका बसेर बुढासँग मज्जाले कुरा गर्छु त्यस्तो के आपत आई लागेछ!“ यस्तै-त्यस्तै सोंचेर मेरो दिन वित्यो। सांझ छिट्टै कोठा आएर चमारसीङको प्रतिक्षा गर्न थालें। ६ बज्यो, ७ बज्यो, ८ बज्यो अहँ चमारसीङ अँझै आएनन्। सधैं ६ बजे भित्र कोठा आइपुग्ने मित्र आज यतिका बेरसम्म पनि नआई पुग्दा मेरो मनमा नानाथरी कुराहरू खेल्न थाले। जब ९ बजेसम्म प्रतिक्षा गर्दा पनि यिनी आइपुगेनन् तब यीनको मोबाइलमा कल गरें। पहिलो चोटी घण्टी मात्र बज्यो तर फोन अहँ उठ्दैउठेन।

शायद ड्राईभिङ गर्दै होला त्यसैले फोन उठाउन मिलेन। बाटोमा आउदै रहेछ बुढा” यही सोंचेर अलिक ढुक्क भएँ। लगभग १५-२० मिनेटसम्म पनि बुढा आइपुगेनन् न त उताबाट फोन नै आयो। त्यसैले फेरि दोस्रो पटक फोन गरें। २-३ घण्टी बज्ना साथै फोन उठ्यो। तर, फोन उठाउने चमारसिङ थिएनन् कुनै अरबि थियो।

“तपाई को हो?” अरबीको प्रश्न सुनेर छक्क परें म। केही अनहोनीको शंकाले मुटुमा ढ्याङ्ग्रो ठोक्न थालिसकेको थियो। मैले केही बोल्नुभन्दा अघि नै उताबाट फेरि आवाज आयो, “म कतार प्रहरी हुँ। तपाईले कल गर्नुभएको व्यक्तिको सांझ दुर्घटनामा निधन भएको छ। वहाँको लाशलाई पोष्टमर्टम गरेर हामाद हस्पिटलको मोर्चरीमा राखिएको छ। कृपया वहाँको आफन्त कोही हुनुहुन्छ भने खबर गरिदिनुहोला”। “हुन्छ म आउँदैछु”, मुश्किलले यति भनेर फोन काटिदिएँ। मेरो गला अवरुद्ध भयो, वाक्य बस्यो, केही बोल्न सकिनँ, आँखा रसाएर आयो। केहीबेरसम्म त के गरौं? कसो गरौ? केही सोंच्नसम्म सकिनँ।

“आखिर यिनको दाजु-भाइ, मित्र, आफन्त जो भएपनि म नै त हुँ यो मरुभूमिमा। जे हुनु भईहाल्यो! यीनको मृत शरिरलाई घर फर्काउने, इन्श्युरेन्सको मागदावी गरेर परिवारको जिम्मा लगाउने काम मैले नगरे कसले गर्छ?” यही सोंचेर आफूलाई सम्हाल्दै हामाद हस्पिटल गएँ। लगभग बिहानको १ बजेतिर त्यहाँबाट आवश्यक प्रकृयाहरू पुरा गरी प्रहरी तथा हस्पिटलका कागजात लिएर आएँ साथमा उनको मोबाइल, पर्स तथा डायरी पनि संलग्न थियो।

याे पनि पढ्नुस  सुमन सौरभको चर्चित कथा- ‘मूर्खता’

विहानको उनको रुवाई, सांझको दुर्घटनामा निधन! नचाहँदा नचाहँदै पनि उनका व्यक्तिगत डायरीका पानाहरू पल्टाउन पुग्छु। दिउसो लन्च ब्रेकमा लेखेको उनको भावुक पत्रमा मेरो आँखा अडिन्छ:

आखिर तिम्रो लोग्ने को के भर छ? सुगरको बिरामी छ। किड्नीको समस्या छ। ऊ आज हो कि भोलि कहिले मर्छ त्यसको के ग्यारेण्टी छ? तिम्रो लोग्नेलाई स्वास्थको कति समस्या छ तर स्वास्नीले थाहा पाएर चिन्ता गर्छे कि भनेर लुकाएर बसेको छ। तिम्रो लोग्ने कम्ता व्यस्त हुँदैन काम मा।

प्रिया,

भाइबरमा तिम्रो म्यासेज पढेर धेरै खुशी लाग्यो। हो, वास्तवमा अरुको लागि मरिमेट्ने मान्छेको मनमा आफ्नो घर-परिवारको लागि त माया कहाँ हुन्छ र? अरु को दु:ख देखेर मन थाम्न नसक्ने मान्छेले आफ्नो मान्छेको दु:खलाई कहाँ वास्ता गर्छ त? तिमीले सोचेको अनि सम्झेको कुरा एकदम सही छ।

केही साइनो नलाग्ने एउटी पराई केटीको लागि त्यति धेरै अत्तालिने मान्छे आफ्नो श्रीमतीको नाकमा घाउ आउँदा चुप लागेर बस्छ। कति निर्दयी अनि क्रुर मान्छे हो तिम्रो लोग्ने? छि: यस्ता निर्दयीको श्रीमती भएर बस्नुभन्दा त मागी खाने जोगिको पछि लागेर हिड्नु बेस हुन्छ, होईन र?

श्रीमतीको लागि एकछिन पनि समय छैन। समय प्रशस्त भएर पनि बोल्न चाहँदैन तिम्रो श्रीमान। यस्तो लोग्नेलाई किन कुरेर बस्नु? किन यस्तो लोग्नेको वास्ता गर्नु? श्रीमती अनि घरपरिवारभन्दा पनि काम प्यारो लाग्ने श्रीमानलाई के कारण माया गर्छौ तिमी?

यदि कुनै दुर्घटना भईहाले, इन्शुरेन्सबाट आउने रकमलाई ४ भाग लगाएर नानीहरूको लागि १-१ भाग, तिम्रो लागि १ भाग र बुवा-आमाको लागि १ भाग बाडेर चलाउनु। बुवा-आमा तथा नानीहरूको भागमा पर्ने रकम व्यांकमा जम्मा गरेर त्यसबाट आउने व्याजले उनीहरूको भरणपोषण गर्नु। मेरो क्रिया-कर्म खासै गर्नु पर्दैन।

प्रिया, अबदेखि तिमीले आफ्नै लागि जिउनु पर्छ। तिम्रो पनि त जीवन छ। यति बेला नै त हो तिमीसँग जोश छ, जवानी छ। यति खेर तिमीले आफ्नो जिन्दगी मज्जाले जिउने हो नि। किन आफैलाई तड्पाउछौ तिमी? अब, अबेर नगर प्रिया तिमीले आफ्नो लागि जिउने कोशिस गर।

आखिर तिम्रो लोग्ने को के भर छ? सुगरको बिरामी छ। किड्नीको समस्या छ। ऊ आज हो कि भोलि कहिले मर्छ त्यसको के ग्यारेण्टी छ? तिम्रो लोग्नेलाई स्वास्थको कति समस्या छ तर स्वास्नीले थाहा पाएर चिन्ता गर्छे कि भनेर लुकाएर बसेको छ। तिम्रो लोग्ने कम्ता व्यस्त हुँदैन काम मा। कामको बोझले थलिएर, पिल्सिएर प्राय: दिउसोको भात पनि खान पाउदैन। यति दु:खको काम छ तिम्रो लोग्नेको भनी साध्य छैन। रोगी त्यही माथि कामको प्रेसरले झन-झन महारोगी भै राखेको छ तिम्रो लोग्ने। यस्ता रोगी लोग्नेलाई पर्खेर बस्यौ भने तिमीले आफ्नो जिन्दगीलाई मज्जाले बाँच्न पनि पाउदैनौ।

याे पनि पढ्नुस  रक्सी, सेक्स र सेक्रेट पात्रहरु

तिम्रो लोग्नेलाई रातको नमिठो सपना सम्झेर बिर्सिदेऊ। यो नामर्द लोग्नेको लागि आफ्नो जवानीलाई खेर नफाली अब तिमीले आफ्नो नयाँ जिन्दगी जिउनु पर्छ। मेरो कुरालाई राम्रोसँग बुझ्ने कोशिस गर प्रिया। एकदिन जब तिम्रो महारोगी लोग्नेको लाशको कफन तिम्रो नाममा विदेशबाट आउनेछ त्यसबेला बल्ल तिमीले मेरो कुरालाई महशुस गर्नेछौ।

मेरा दुई आँखा ती नानीहरू नै हुन्। त्यसैले जिन्दगीभरि म तिम्रो हेलाको पात्र भएपनि मेरा ती नानीहरूलाई कहिल्यै हेला नगरेस! मेरो ५० लाखको इन्शुरेन्स छ । यदि कुनै दुर्घटना भईहाले, इन्शुरेन्सबाट आउने रकमलाई ४ भाग लगाएर नानीहरूको लागि १-१ भाग, तिम्रो लागि १ भाग र बुवा-आमाको लागि १ भाग बाडेर चलाउनु। बुवा-आमा तथा नानीहरूको भागमा पर्ने रकम व्यांकमा जम्मा गरेर त्यसबाट आउने व्याजले उनीहरूको भरणपोषण गर्नु। मेरो क्रिया-कर्म खासै गर्नु पर्दैन। वैदेशिक रोजगार बिभाग र त्याहाको इन्शुरेन्सबाट आउने पैसाले भएको अलिकति ऋण तिरेर सम्भव भएछ भने मेरो स्मृतिमा गाउँको क्याम्पसमा २-३ लाखको अक्षय कोष खडा गरेर गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई बार्षिक छात्रवृत्तीको व्यवस्था मिलाई देऊ। भएका जग्गा जमिन सबै तिम्रै नाममा छन्। नानीहरू र तिम्रो नाममा बराबर बाडेर राख्नु। मेरो नासो ती नानीहरू र बुवा-आमा तिम्रै भरोसामा छाडेर जादैछु। वहाँहरूलाई कुनै घटि-कमी हुन नदिनु। त्यसपछि तिमी आफ्नो जिन्दगी जिउन स्वतन्त्र हुनेछौ। केही मुद्दा मामीला पर्न आए, न्याय-ईन्साफको लागि मेरो यो पत्र नै अन्तिम तथा मूख्य दस्तावेज हुनेछ।

मैले तिमीलाई चाहेर पनि जिन्दगीभर सुख र खुशी दिन सकिनँ त्यसैले आशा छ, अन्तिम प्रयास स्वरुप म मेरर भएपनि तिम्रो इच्छा र आकांक्षा पुरा गर्न सफल हुनेछु।

तिम्रो सफल, सुखी तथा उज्जवल भविष्यको कामना सहित बिदा लिदैछु।

अलबिदा!

चमारसीङ

उनको पत्र पढिसकेपछि फेरि एकपटक भावविभोर हुन्छु। सोच्छु, मान्छेले कतिसम्म अगाध र निस्वार्थ माया गर्दोरहेछ जस्तो कि चमारसीङ श्रीमतिको लालच पुरा गर्नै भएपनि आफू मरिदियो। २-४ दिन पछि यहाँको सम्पूर्ण प्रकृया मिलाएर यिनको मृत शरिरलाई लिएर म पनि नेपाल फर्कदैछु, फेरी-फेरी परदेश नफर्कने बाचा गरी। तर एउटै उल्झन छ अँझै “हँसमुख, हाँसी हाँसी आँशु पिउन सक्ने चमारसीङको साँच्चीकै दुर्घटना थियो वा आत्महत्या? त्यो उनको बलिदान थियो वा नालायकपन?”

कमेन्ट गर्नुहोस्