राष्ट्रकवि घिमिरेसहित तीन स्रष्टा सम्मानित

काठमाडौं, पुस १३ । पुल्चोकस्थित साझा प्रकाशनमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित संस्कृतिविद् सत्यमोहन जोशी र आख्यानकार मदनमणि दीक्षितलाई मूर्धन्य तीन स्रष्टालाई जनही २५ हजार १०१ रुपैयाँ राशिसहित ताम्रपत्रबाट सम्मानित गरिएको छ ।

उनीहरुले नेपाली भाषा, साहित्य र संस्कृतिमा दिनुभएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।

याे पनि पढ्नुस  सन्दर्भ विश्व मधुमेह दिवस : मधुमेहले आँखामा असर

सोही समारोहमा प्रधानमन्त्री दाहालले समालोचक निनु चापागाईको ‘पूर्ववाद र सइदेली विचार’ र प्राडा ताराकान्त पाण्डेयको ‘माक्र्सवाद, सांस्कृतिक अध्ययन तथा साहित्यको समाज शास्त्र’ लोकार्पण गरेका छन् ।

कमेन्ट गर्नुहोस्